यू–१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
काठमाडौं– भुटानमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षणमा ३५ खेलाडी बोलाइएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणका लागि ३५ खेलाडीलाई बोलाएको हो। उनीहरूलाई चेतनारायण श्रेष्ठले प्रशिक्षण दिने छन्। प्रारम्भिक चरणको बन्द प्रशिक्षणका लागि बोलाएका खेलाडीमध्ये पाँच गोलरक्षक, नौ डिफेन्डर, सात मिडफिल्डर, सात विंगर र सात फरवार्ड छन्। […]