उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
काठमाडौं —राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन्। आगामी मंसिर १६ गते हुने उपनिर्वाचनलाई सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पौडेलले स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । जारी विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्वत् २०८१ […]