‘ढुक्क हुनुस्, काउन्सिल विधेयक सच्चिन्छ’
काठमाडौं : संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले मिडिया काउन्सिलसम्बन्धी विधेयक परिमार्जन गरिने प्रतिबद्धता जनाएका छन्। विधेयकका प्रावधानलाई लिएर आन्दोलनरत नेपाल पत्रकार महासंघको ध्यानाकर्षणपत्र बुझ्ने क्रममा नेम्बाङले बुधबार महासंघले राखेका सरोकारमा आफू सकारात्मक रहेको बताए। ‘विधेयक व्यवस्था संविधानअनुकूल हुने गरी परिमार्जन गर्छौं। प्रेस स्वतन्त्रता जोगाउने गरेर विधेयक पास हुन्छ’, महासंघका नेम्बाङले भने, ‘विधेयकलाई संसद्मा व्यापक […]