संवैधानिक परिषद्बाट निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम सिफारिस
काठमाडौं– निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम सिफारिस भएको छ । आइतबार बसेकाे संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेकाे हाे । परिषदमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा सभामुख, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलको नेता, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य सहभागी छन् । काे हुन् कृष्णमान ?