कैलाली र कञ्चनपुरमा भारतबाट भित्रिएको ९ लाखको सामान बरामद
धनगढी– कैलाली र कञ्चनपुरबाट ९ लाख बराबरको सामान बरामद भएको छ । आइतबार कैलालीको गोदावरी नगरपालिकासहितका विभिन्न स्थानबाट तीन लाख ७० हजार र कञ्चनपुरको भीमदत्त नगरपालिका-२ सहितका स्थानबाट पाँच लाख ६३ हजार बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार गोदावरी नगरपालिका-४, भजनी नगरपालिका-३ बदलाचोक, हिक्मतपुरघाट, जोशीपुर गाउँपालिका-३ फाँडिया र […]