मनसुनी वायु कमजोर बन्दै, स्थानीय वायुको आंशिक प्रभाव, यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको आंशिक प्रभाव भने कायमै रहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। […]