कुशको महिमा र पितृदेवो भवः
वैदिक सनातन परम्परा हजारौँ वर्ष पुरानो सभ्यता हो। यसमा जीवनलाई शुद्ध, पवित्र र धर्मानुकूल बनाउन विविध साधन, प्रतीक र संस्कारहरू अवलम्बन गरिएका छन्। त्यसमध्ये कुश (दर्भ) एउटा अद्भुत देन हो, जसलाई देवता, ऋषि र पितृहरूको आसनका रूपमा लिइन्छ। कुशको उत्पत्ति र धार्मिक महत्व श्रीमद्भागवत पुराणमा वर्णन छ– हिरण्याक्ष नामक दैत्यले पृथ्वीलाई पातालमा डुबाएको बेला भगवान […]