मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ७७५, कुन जिल्लाका कति?

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ७७५, कुन जिल्लाका कति?

  • आइतवार, भदौ २८, २०७७
सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ७७५, कुन जिल्लाका कति?

धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या ७ सय ७५ पुगेको छ। प्रदेशका ९ वटै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या सात सय ७५ पुगेको हो। जिल्लाका सक्रिय संक्रमित संख्या मध्ये कैलालीमा सक्रिय संक्रमितको संख्या झण्डै पाँच सय रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार शनिबार सम्म कैलालीमा चार सय ७५ जना संक्रमित रहेका छन्। कैलाीमा एक हजार ९ सय ८५जनामा संक्रमण पुष्टि भएकोमा एक हजार पाँच सय चार जना संक्रमण मुक्त भएका छन्।

यसै गरी कञ्चनपुरमा सक्रिय संक्रमित ५२, डोटीमा ५८, दार्चुलामा ७, डडेल्धुरामा ७, बाजुरामा ९, बझाङमा ७१, बैतडीमा ५६ र अछाममा ४० जना सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार