मङ्लबार, अशोज २२, २०८१
  • होमपेज
  • समाज
  • अछाममा ६ महिनामा ७ हजार ३ सय ९३ जनाको कोरोना परीक्षण

अछाममा ६ महिनामा ७ हजार ३ सय ९३ जनाको कोरोना परीक्षण

  • मङ्लबार, भदौ २३, २०७७
अछाममा ६ महिनामा  ७ हजार ३ सय ९३ जनाको कोरोना परीक्षण

अछाम : ६ महिनाको अवधिमा अछाममा ७ हजार भन्दा बढीको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय अछामका अनुसार ६ महिनाको अवधिमा ७ हजार ३ सय ९३ जनाको स्वाब परीक्षण गरिएको हो ।

जस्मा ६ हजार ३ सय ६१ जनाको रिर्पोट नेगेटिभ आएको छ भने ९ सय १२ जनामा संक्रमण देखिएको छ । ७९ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । चैत महिना यता जिल्लामा १५ हजार भन्दा बढी भित्रिएका छन् । जिल्लामा १५ हजार ४ सय ५० भित्रिएका स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए ।

अछामका दश स्थानीय तहमध्ये सबै भन्दा बढी मेल्लेख गाउँपालिकामा २ हजार १ सय ११ जना भारत तथा जिल्ला बाहिरबाट भित्रिएका छन् भने सबैभन्दा कम कमलबजार नगरपालिकामा १ हजार १ सय ३९ जना भित्रिएका छन् ।

त्यसैगरी साँफेबगर नगरपालिका २ हजार ५९,रामारोशन गाउँपालिकामा १ हजार ४ सय ४१,मंगलसेन नगरपलिकामा १ हजार ६ सय १९,बान्नीगढी जयगढ गाउँपालिमा १ हजार ३ सय ४३, पञ्चदेवल बिनायक नगरपालिकामा १ हजार ४९, ढकारी गाउँपालिकामा २ हजार ९५ र चौरपाटी गाउँपालिकामा १ हजार ३ सय ९१ जना भित्रिएको स्वास्थ्य कार्यालय अछामसँग तथ्यांक रहेको छ।

चर्चामा

सम्बन्धित समाचार