मङ्लबार, अशोज २२, २०८१
  • होमपेज
  • समाज
  • नारायणी अस्पतालमा कोरानोको लक्षण देखिएका व्यक्तिको मृत्यु

नारायणी अस्पतालमा कोरानोको लक्षण देखिएका व्यक्तिको मृत्यु

  • सोमवार, भदौ २२, २०७७
नारायणी अस्पतालमा कोरानोको लक्षण देखिएका व्यक्तिको मृत्यु

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । बाराको कोल्हवी नगरपालिका-४ सपहीका २३ वर्षीय युवकको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा आइतबार राति ल ८ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।
श्वासप्रश्वासलगायत कोभिडको लक्षण देखिएका उनी आइतबार दिउँसो अस्पतालमा भर्ना भएका भएका थिए ।
मृतकको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको तर रिपोर्ट आउन बाँकी रहेको डाक्टर चौैरसियाले बताए

चर्चामा

सम्बन्धित समाचार