बर्षाका कारण अबरोध भएको साँफे मार्तडी सडक खण्डको द्धारी बाट खोल्न शुरु हुने भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे द्धारा बिज्ञप्तिमा तत्कालका लागि सोहि ठाँउ बाट सोमबार बाट काम थालनि गर्ने भएको छ ।
बैकल्पिक बाटोको लागि खोजि भएपनि तत्काल त्यो सम्भाबना नरहेकोले सोहि ठाँउबाट सडक सञ्चालन गर्ने गरि काम शुरु हुने जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । तत्कालका लागि हालकै बाटोलाई निर्माण गर्ने र दीर्घकालीन रूपमा बाटोका लागि धुरालसैनबाट रिला हुँदै मार्तडी ल्याउने बारे प्रक्रिया अघि बढाउने सहमति भएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।
तत्कालका लागि सोही भासिएको जमीनलाई नै ट्र्याक खोलेर गाडी चल्ने बनाए पनि दीर्घकालीन रूपमा अम्कोटका बासिन्दालाई वैकल्पिक बाटोको व्यवस्था गरेर धुरालसैन, ढुंगी, रिला हुँदै तिपाडा निकाल्ने गरी मार्ग निर्धारण गर्नेबारे छलफल अघि बढेको छ । त्यसका लागि तत्काल काम अघि बढाउने र बडिमालिका र बूढीगङ्गा नगरपालिकाले आफ्नो क्षेत्रको बाटो खोल्नका लागि सहयोग गर्ने प्रस्ताव अघि सारिएको छ ।
बिज्ञप्तिमा भनिएको छ, बैकल्पिक भनिएको बाटो पनि करिब १० किलोमिटर कच्चि निर्माण गर्न दुई तिन महिना लाग्ने र बर्षातमा काम गर्न पनि सहज नभएकाले तत्कालको ठाँउ बाटै सडक निर्माण गरि यातायात सञ्चालन गर्ने रहेको छ ।