शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा कोरोना भाईरसको दैनिक संक्रमण घट्यो

सुदूरपश्चिममा कोरोना भाईरसको दैनिक संक्रमण घट्यो

  • शुक्रबार, असार २६, २०७७
सुदूरपश्चिममा कोरोना भाईरसको दैनिक संक्रमण घट्यो

पछिल्ला केही दिनदेखि सुदूरपश्चिममा दैनिक कोरोना संक्रमितको संख्या घट्दै गएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो पाँच दिनको तथ्यांक हेर्ने हो भने पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि हुनेको दर पनि घटेको छ भने संक्रमितको संख्या पनि कम छ।

शुक्रवार प्रदेशका पाँच जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरका एक र अछामका एक पुरुषमा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

काठमाडौँमा भएको परीक्षणमा डोटी र कैलालीका एक÷एक जना र दैलेखमा भएको परीक्षणमा बाजुराका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयका अनुसार असार २२ गते सुदूरपश्चिममा १३ जना, २३ गते एक सय ११ जना, २४ गते ६९ जना र २५ गते ३५ जनामा कोरोना पुष्टि भएको छ। असारको दोस्रो सातामा सुदूरपश्चिममा सबैभन्दा बढि कोरोना संक्रमति भेटिएका थिए। प्रदेशमा सबैभन्दा बढि एकैदिन ५ सय १५ जनामा कोरोना पुष्टि भएको थियो।

यस्तै आज पाँच जनामा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन हजार नौँ सय ११ पुगेको छ। देशभरी सबैभन्दा बढि एक्टिभ कोरोना संक्रमित पनि सुदूरपश्चिममै रहेका छन्। संक्रमित मध्ये नौँ सय ७२ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भईसकेको छ।

चर्चामा

सम्बन्धित समाचार