सभामुख अग्निप्रसाद सापकोटालाई लिएर सिन्धुपाल्चोक उडेको हेलिकप्टर काभ्रेको धुलिखेलबाट फर्किएको छ। प्रतिकूल मौसमका कारण धुलिखेलको आकाशबाट हेलिकप्टर फर्काउनुपरेको सभामुखको सचिवालयले जनाएको छ। गए राती सिन्धुपाल्चोक बाह्रबीसे क्षेत्रमा गएको पहिरोले सडकमार्गसमेत अवरूद्ध भएको भन्दै सभामुख सापकोटा सहितको टोली नेपाली सेनाको हेलिकप्टरमा बाह्रबीसेतर्फ उडेका थिए।
‘सभामुखसहितको टोली बाह्रबीसेका लागि हेलिकप्टरमा उडेकोमा अनुकूल मौसम नहुँदा धुलिखेलको आकाशबाट फर्किनुपर्यो। अनुकूल मौसम पर्खंदै छौं,’ सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने। गए राती गएको पहिरोले सिन्धुपाल्चोकमा अहिलेसम्म दुई जनाको शव फेला परेको छ।