शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा थप ३९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ३९ जनामा कोरोना पुष्टि

  • शुक्रबार, असार १९, २०७७
सुदूरपश्चिममा थप ३९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोना पुष्टि भएको छ। धनगढीमा शुक्रबार भएको परीक्षणमा ९ महिला र ३० पुरुष गरी ३९जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका १० जना, डोटीको आर्दश गाउँपालिकाका १० जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बैतडीको मेलौलीका तीनजना, मंगलसेन अछामका दुईजना, चुरे गाउँपालिका कैलालीका दुईजनामा कोरोना पुष्टि भएको हो।

यस्तै बैतडीको पुर्चौडी नगरपालिका, बझाङको छब्बिस पाथिभेराका, डोटीको शिखर नगरपालिका, केआइसिह गाउँपालिका र कैलालीको टीकापुरका एक÷एक जनामा कोरोना पुष्टि भएको छ।

धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६९ जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिए। सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार नाघेको छ भने पुष्टि भएका सात जनाको मृत्यु भएको छ।बीहिबार मात्र सुदूरपश्चिममा अहिले सम्मकै सबैभन्दा बढि चार सय ४६ जनामा कोरोना पुष्टि भएको थियो।

चर्चामा

सम्बन्धित समाचार