बाजुराको बुढिगंगा नगरपालिकामा क्वारेनटाइनमा बस्ने ठाँउ नभएपछि पालमा राखिएको छ । नगरपालिका २ बजेडिमा रहेको बजेडी आधारभुत क्वारेनटाइनमा ठाँउ नभएपछि १८ महिनाकी वालिका सहित पालमा बसेका छन् ।
भारत बाट मंगलवार गाँउ पुगेका एक परिवारलाई ठाँउ नभएपछि बिद्यालयको चौरमा पालमा राखिएको क्वारेनटाइनमा खटिएकि स्वास्थ्यकर्मी आशा थापाले बताएकि छन् । ५ बर्ष देखी सबै परिवार भारत बसेका थियौ कोरोनाले गर्दा घर फर्किएको रमेश लुवारले वताएका छन् । ९ जना परिवार सहित गाँउ आएको हौ, १८ महिनाकी बच्चा पनि कोठामा ठाँउ नभएपछि पुरै परिवार पालमा बसिरहेको बताएका छन् । एकातिर पानि आउछ अर्कोतिर बच्चा सहित छ, ब्यबस्थापन पनि केही नभएको उनिहरुले वताएका छन् ।
बजेडी आधारभुत क्वारेनटाइनमा ८५ जना बस्दै आएका छन् । १४ जना वालवालिका रहेका छन् । कोठा नभएपछि पालमा राखेको हो, एकदुई दिनमा केहीको घर जाने समय आएको छ, घर गएपछि कोठामा राख्ने वडा कार्यलयले जनाएको छ । भारत बाट बाजुरा आउनेको संख्या बढेपछि ब्यबस्थापन गर्न समस्या भएको छ । बुढिगंगा नगरपालिकामा १ हजार २ सय ७८ जना क्वारेनटाइनमा बसिरहेका छन् ।
जिल्लामा क्वारेन्टाइनमा ४ सय ७२ जना ५ बर्ष मुनीका बालबालिका रहेका छन् । बालबालिका अभिभावक भारतका बिभिन्न ठाउँमा मजदुरी गर्न गएका र भारतमै जन्मेर नेपाल आउदा आमा बुवासंगै क्वारेन्टाइनमा रहेका हुन । बाजुरा जिल्लाका १ सय ३२ क्वारेन्टाइनमा ५ हजार ३ सय ३२ जना रहेका छन् । जसमा हिमाली गाउँपालिकामा ३ सय ४, स्वामिकार्तिक खापर गाउँपालिकामा २ सय ८० जना, जगन्नाथ गाउँपालिकामा ३ सय १८ जना बुढिनन्दा नगरपालिकामा ३ सय २ जना बडिमालिका नगरपालिकामा २ सय ७६ जना गौमुल गाउँपालिकामा ३ सय ४० जना खप्तड छेडेदह गाउँपालिकामा १ हजार १ सय ९५ जना बुढिगंगा नगरपालिकामा १ हजार २ सय ७८ जना र त्रिबेणी नगरपालिकामा १ हजार ८३ जना रहेका छन् ।
त्यसै गरी हालसम्म सुत्केरी तथा गर्भवती २० जना महिलाहरु क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । बाजुरा जिल्लाका क्वारेन्टाइनमा रहेका ५ हजार ३ सय ३२ जना मध्य ४ हजार ४ सय १६ जना भारतबाट आएकाहरु क्वारेन्टाइनमा बसेको तथ्याङक रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।