शुदुरपश्चिमका ६ कोरोना संक्रमितसंगै गौरीफन्टाबाट बाजुराका २२ जना बाजुरा पुगेका थिए । बडिमालिका खबरले गरेको खोजमा २२ जनाको प्रत्यक्ष सम्र्पक अहिले १ सय ९९ जनामा रहेको पाईएको छ ।
कैलालीको प्रहरीले जेठ ८ गते २२ जना बाजुराको आएको भनेपनि जिल्ला प्रहरी कार्यलय बाजुरामा तथ्याङ्कमा भने २५ जना आएको देखिएको छ । उनिहरुलाइ बाजुराका बिभिन्न क्वारेनटाइनमा राखे सँगै उनिहरुको प्रत्यक्ष सम्र्पक १ सय ९९ जना सँग भएको पाईएको छ । २२ जना सँगै कञ्चनपुर बाट ४३ जना आएका थिए । ४३ जनालाई सदरमुकाम मार्तडीको क्वारेनटाइनमा राखिएको छ, हाल अहिले त्यहाँ ९२ जना रहेका छन्, उनिहरुको खाना, चर्पी धारो एउटै रहेको छ ।
त्यस्तै बुढिगंगा नगरपालिकाको सिगाडा माबिमा रहेको क्वारेनटाइनमा ८ गते गौरिफन्टा नाका बाट आएका २ जना राखिएको थियो, अहिले १४ जना रहेका छन् । सोहि नगरपालिकाको धुरालसैन माबिको क्वारेनटाइनमा १२ जना राखिएको थियो, अहिले ५३ जना रहेका छन्, त्यस्तै बसन्त आधरभुक्त बिद्यालयमा ४ जना थिए, उनिहरु सँग अहिले १४ जना रहेका छन् । त्रिबेणी नगरपालिकाको तोलि स्वास्थ्य चौकीमा ३ जना बसेका थिए, अहिले २२ जना बसिरहेका छन् । खप्तड छेडेदहको भवानी माबिमा ४ जना बसिरहेका छन् । शुरुमा गौरिफन्टा नाकाबाट आएका राखिएपनि पनि पछि अरु दिनमा आएकालाई सँगै राखिएको थियो, २२ जनाको अहिले १ सय ९९ जना सँग प्रत्यक्ष सम्र्पक रहेको छ ।
जेठ ६ गते भारतबाट धनगढी भित्रिएका पाँच जनामा कोरोना पुष्टि भईसकेको छ । जेठ १० गते चार, ११ गते एक र १३ गते १ जना गरी छ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु मध्ये चार जना बैतडीको शिवनाथ गाउँपालिकाका छन् भने दुई जना अछामको मेल्लेखका छन् । जेठ ८ गते ३९ जिल्लाका दुई हजार चार सय ९८ गौरीफन्टाबाट बाट प्रबेश भएका थिए । संक्रमित पाँच जना बाहेक सबैलाई अहिले स्थानीय तहको क्वारेन्टाईनमा राखिएको छ । तर परीक्षण हुन सकेको छैन् । सो दिन गौरीफन्टाबाट उद्धार गरिएका नेपाली मध्ये सबैभन्दा बढी बैतडीका ८ सय २९ जना थिए ।