बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • देश
  • भारतमा रहेका नेपालीले कैलालीका नाका भएर तत्काल आउन नपाउने, आवागमन ठप्प पार्ने निर्णय

भारतमा रहेका नेपालीले कैलालीका नाका भएर तत्काल आउन नपाउने, आवागमन ठप्प पार्ने निर्णय

  • शुक्रबार, बैशाख २६, २०७७
भारतमा रहेका नेपालीले कैलालीका नाका भएर तत्काल आउन नपाउने, आवागमन ठप्प पार्ने निर्णय

धनगढी : कैलालीका सीमा नाकामा आवागमन ठप्प पार्न अझै निगरानी बढाउने निर्णय भएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बिहिवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले भारतमा कोरोना भाईरसको संक्रमण फैलिदै गएको र कैलालीमा पनि जोखिम बढेकोले सीमा क्षेत्रमा अझै निगरानी बढाउने निर्णय गरेको हो।

यो निर्णयसंगै कैलालीको सीमापारि रहेका नेपालीलाई पनि तत्काल उद्धार नहुने देखिएको छ। यस्तै जोखिम न्यूनीकरण गर्नका लागि वडा अध्यक्षको संयोजकत्वमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सहितको निगरानी समूह गठन गर्ने निर्णय समेत भएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

उक्त समूहले भारतबाट आवागमन रोक्नका लागि पहल गर्नेछ भने अन्य क्षेत्रबाट आएकाहरुमाथि पनि निगरानी बढाउने छ। उक्त समूहले आवागमन गर्नेहरुको अभिलेख समेत राख्ने छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीले सघाउनेछ।

जिल्ला सुरक्षा समितिको दैनिक बैठक राखेर सुरक्षा निकायबीच सूचना आदान–प्रदान गर्ने निर्णय समेत भएको समितिले जनाएको छ।

सीमा क्षेत्रमा हुने अनाधिकृत आवागमन र अपराधिक गतिविधि रोक्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सयुक्त सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न पनि समितिले निर्देशन दिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रहरी उपरिक्षक अनुपम शमशेर जवरा प्रमुख भएर आएपछि पहिलो पटक जिल्ला सुरक्षा समितिको बैठक बसेको हो।  दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार