• होमपेज
  • बुढिनन्दा
  • मानव संसाेधन केन्द्र बाजुराद्धारा ६२ परीवारलाइ राहत बितरण

मानव संसाेधन केन्द्र बाजुराद्धारा ६२ परीवारलाइ राहत बितरण

  • शनिबार, बैशाख २०, २०७७
मानव संसाेधन केन्द्र बाजुराद्धारा ६२ परीवारलाइ राहत बितरण

बाजुरा — मानव संसाेधन केन्द्र एचअारसी बाजुराले जिल्लाका दुइ अाेटा स्थानिय तहका ६२ जना सुत्केरी महिला, हलिया परिवार र बिपन्न परिवारलाइ राहत बितरण गरेकाे छ । काेराेना भाइरसका कारण ज्याला मजदुरी गर्ने  बिपन्न  हलिया परिवार र पाेषणकाे कमी भएका सुत्केरी अामाहरूलाइ लक्षित गरी राहत बितरण गरिएकाे हाे ।

एचारसी बाजुरा नामक गैर सरकारी सस्थाले  स्वामिकार्तिक खापर गां पा मा ३७  सुत्केरी, हलिया र विपन्न परिवार र  त्यस्तै बुढिनन्दा नगरपािलकामा २५  परिवार गरि ६२ परिवार लाई प्रति परिवार चामल ३०किलाे ,दाल २ किलाे , नुन २ किलाे  ,चिनि २ किलाे , चियापत्ति १ प्याकेट, साबुन 2 नुहाउने २ कपडा धुने ४ बटाका दरले  बितरण गरीएकाे एचअारसी बाजुराका प्रमुख अग्नीराज शाहीले जानकारी दिएका छन् ।

स्वामिकार्तिककाे  वडा न ५ र बुढिन्नदाकाे बिरसैनमा स्थानिय तह संगकाे समन्वय र एक्सन एडकाे अाथिक सहयाेग तथा मानव संशाधन केन्द्रकाे संयाेजनमा  बितरण गरिएकाे मानव संसाेधन केन्द्र बाजुराका कर्मचारी राम बहादुर खत्रीले बताए । एचअारसी बाजुराले बिश्वभर काेराेना संक्रमणबाट ग्रसित भएकाे र नेपालमा पनी साे राेगकाे राेकथाम तथा नियन्त्रणका लागि लामाे समयदेखी लकडाउनमा परि समस्यामा परेका परिवारहरूका लागि राहत बितरण गरेकाे खत्रीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार