जीवन कैला– बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा मंगलवार एक जना भिर बाट लडेर घाईते हुनुभएको छ । स्वामीकार्तिक खापर गाँउपालिका वडा नं एकका परु दमाई भिरबाट लडेर सक्त घाईते हुनुभएको आफन्तले बताएका छन । मंगलवार दिउसो खाद्यान्नको जोहो गर्न जुड्डि जानुभएका ६५ वर्षिया दमाई जुड्डि खोला पानी पुल जाने बाटोको भिर बाट लडेर वायाँ खुट्टा भाच्चिएको स्थानिय नन्दबहादुर खत्रिले जानकारी दिएका छन् ।
मंगलवार साँझ करीव चार बजेतिर भिरबाट लडेको जानकारी पाएको भए पनि अफ्टयारो बाटो र भिरालो ठाँउमा आजत जावतमा कठिनाईका कारण करीव तिन घण्टा पछि उहाँकोे उद्धार गरीएको स्थानिय खत्रिले बताए । स्वामीकार्तिक खापर गाँउपालिका वडा नं एकको दुर्गम रुडि गाँउ देखि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पुुग्नका लागि करीव पाँच घण्टा लाग्ने भएकाले उपचारमा समस्या भएको हो ।
गाँउमा स्वास्थ्य संस्था नभएको र वोकेर प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी सम्म पुर्याउनका लागि निकै कठिनाइ र अफ्टयारो बाटोका कारण असम्भव भएकाले समस्या भएको स्थानियले बताएका छन । दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाहा गर्दै अाएका दमाईको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो ।
घरमा श्रीमति, नाति, नतिना वाहेक अरु कोहि नभएकाले दमाईको उपचारका लागि सुविधा सम्पन्न ठाँउमा लैजान पनि समस्या भएको बताईएको छ । छोरा वुहारी दुई चार वर्ष देखि वम्मैका रहेकाले घरमा श्रीमति र नाति नतिनालाई खाद्यान्नको जोहो गर्नका लागि दमाईले सहनाई बजाएर जीवन निवार्हा गरिरहेका आफन्तले बताएका छन ।
एकातिर देश वन्दा वन्दिको अवस्थामा रहेको र अर्कातिर घरमा छोरा पनि नभएकाले बोकेर कोल्टी पुर्याईदिने र सुविधा सम्पन्न ठाँउमा लगि उपचार गरीदिने सम्म आफन्त नभएका कारण उहाँलाई समस्या भएको हो । अफ्टयारो बाटो मर्मतका लागि स्थानिय सरकारकारलाई वेला वेला अनुरोध गर्दा पनि सो बाटो अहिले सम्म मर्मत हुन नसकाले स्थानियलाई सास्ती भएको छ ।
स्वामीकार्तिक खापर गाँउपालिका र जगन्नाथ गाँउपालिका जोड्का लागि पुल निर्माण भएको चार वर्ष वितिसक्दा पनि उक्त पुलमा आजत जावत गर्ने बाटोको मर्मत नहुदा स्थानियलाई घट्ट पिस्न, बजार जान आउन निकै समस्या भएको स्थानियको भनाई छ । स्थानिको समस्यालाई ध्यानमा राखि अफ्टयारो बाटो तत्काल मर्मत गरीदिनका लागि स्वामीकार्तिक खापर गाँउपालिकालाई आग्रह गरीएको स्थानियले बताएका छन ।