• होमपेज
  • देश
  • बाजुरामा २ जनामा र्‍यापिड टेस्ट पोजेटिभ, एकजनालाइ जिल्ला अस्पताल बाजुरा ल्याइदै

बाजुरामा २ जनामा र्‍यापिड टेस्ट पोजेटिभ, एकजनालाइ जिल्ला अस्पताल बाजुरा ल्याइदै

  • आइतवार, बैशाख ७, २०७७
बाजुरामा २ जनामा र्‍यापिड टेस्ट पोजेटिभ, एकजनालाइ जिल्ला अस्पताल बाजुरा ल्याइदै

बाजुराको त्रिवेणीमा २ जनामा र्‍यापिड (आरडीटी) मा पोजेटीभ देखिएको छ । र्‍यापिड टेष्ट गर्ने क्रममा भारतबाट आएका त्रिवेणीका २ जनामा पोजेटिभ देखिएको छ । पहिलो पटक परिक्षण गर्दा दुबै जनामा पोजेटिभ देखीएको दोस्रो पटक देखिदा एकजनामा मात्र देखिएको त्रिबेणी नगरपालिकाका स्वास्थ्य संयोजक चिरिञ्जीवि शाहिले बडिमालिका खबरलाइ बताएका छन् । दास्रो पटक जाँच गर्दा १८ वर्षका युवक देखीएन तर ६० वर्षका व्यक्तिमा पोजेटिभ देखिएको छ ।
र्यापीट टेष्ट पोजेटिभ देखिएका ६० बर्षकालाइ एम्बुलेन्समा जिल्ला अस्पताल बाजुरा ल्याइदै गरेको छ भने एकजना भने गाँउमै क्वारेनटाइनमा राखिने भएको छ । दुबै जनाको स्वाब परिक्षणका लागि पठाउने तयारी समेत भएको छ । दुवै जना चैत्र २ गते भारतबाट आएको बुझीएको छ ।

चर्चामा

सम्बन्धित समाचार