• होमपेज
  • बुढिनन्दा
  • सेनाको हेलिकप्टरबाट घाइते वालकलाई उपचारका लागि नेपालगन्ज लगियाे

सेनाको हेलिकप्टरबाट घाइते वालकलाई उपचारका लागि नेपालगन्ज लगियाे

  • बुधबार, बैशाख ३, २०७७
सेनाको हेलिकप्टरबाट घाइते वालकलाई उपचारका लागि नेपालगन्ज लगियाे
घाइते बालकलाइ नेपाली सेनाको हेलीकप्टर मार्फत उपचारका लागि नेपालगंज लिनेक्रममा काेल्टी बिमानस्थलमा । तस्वीर: ओमजंग शाही

बाजुरा ३ बैशाख– जिल्लाको पुर्वी उत्तरी भेगमा पर्ने बुढीनन्दा नगरपालिका–७ कालेगाडमा आँगनमा खेल्दै गरेको अवस्थामा लडेर बालक गम्भीर घाइते बालकलाई भएको १ दिन पछि नेपाली सेनाको हेलीकप्टर मार्फत उपचारका लागि नेपालगंज लगिएको छ । घाईते हुनेमा बुढिनन्दा नगरपालिका ७ का स्थानीय महेश कार्कीका ५ वर्षीय छोरा खगेन्द्र कार्की रहेको थिए  । घाइते भएका बालक उनकै घरको आगनमा खेलीरहेका बेला गम्भीर चोट लागेको थियो ।

घाइतेको अवस्था चिन्ता जनक रहेकोले प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको पहल तथा नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा बुधबार नेपाली सेनाको हेलीकप्टर मार्फत नेपालगंज लगिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताएका छन् । बालक मंगलबार दिउसो ३ बजेको समयमा अचानक लडेर करिव २० मिटर तल खस्दा टाउको,शरिरमा चोट लाग्नुका साथै दुवै कानबाट रगत बग्न थालेपछि घाइते भएका बालको कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा पनी उपचार सम्भव नभएपछि नेपालगंज लगिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार