• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा हेलिकप्टबाट १ सय ४५ जनाको स्वाब संकलन

बाजुरामा हेलिकप्टबाट १ सय ४५ जनाको स्वाब संकलन

  • सोमवार, बैशाख १, २०७७
बाजुरामा हेलिकप्टबाट १ सय ४५ जनाको स्वाब संकलन

पदमबहादुर सिंह / बाजुरा १ बैशाख- बाजुरामा स्वारेन्टाईनमा र होम क्वारेन्टाईनमा बसेकाहरुको स्वाब संकलन गरिएको छ । बाजुरा जिल्लाको तीन ओटा ठाउबाट हेलिकप्टरबाट स्वाब संकलन गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिएका छन् ।
बाजुरा जिल्लाको पूर्बी उत्तरी क्षेत्रको स्वामीकार्तिक खापरगाउपाललिको सुईजीउला, बडिमालिका नगरपालिकाको बाजुरा क्याम्पस र बुढिगंगा नगरपालिकाको भनोदय माबिमा टोली पुगेर स्वाब संकलन गरिएको पन्तले बताए । स्वार्मीकार्तिक खापर गाउपालिकाका ७२ जना बुढिनन्दा नगरपालिकाका १२ जना हिमाली गाउपालिकाका ६ जना त्यसै गरि बडिमालिकाबाट २७ जना गौमुलका ७ जना स्वामीकार्तीकको १ जना त्यसै गरी बुढिगंगा नगरपालिकाबाट ८ जना खप्तड छेडेदह गाउपालिकाका ४ जना त्रिबेणी नगरपालिकाका ८ जना गरि १ सय ४५ जनाको स्वाब संकलन गरिएको छ । संकलन गरिएको स्वाब हेलिकप्टरबाट काठमाण्डौ लगिएको उनले बताए ।
कोभिड १९ उच्चस्तरीय रोकथाम समितिको समन्वयमा हेलिकोप्टरमार्फत स्वाब संकलनका लागि टोली बाजुरा आइपुगेको हो । स्वाब संकलनमा महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रयोगशालाका कर्मचारी, नेपाली सेनाका स्वास्थ्यकर्मी र स्थानीय स्तरका स्वास्थ्यर्मीहरुको सहभागिता थियो ।


बाजुरा जिल्लाका क्वारेन्टाइनमा र होम क्वरेन्टाईनमा बसेकाहरुको यो पहिलो चरणको स्वाब संकलन गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा स्वाब संकलन गरिएको बताईएको छ ।
बाजुरा जिल्लाबाट आएर सम्बन्धित स्थानिय तहले बनाएको क्वारेन्टाईन र होम कवारेन्टाईन्मा १६ दिन पुगेकाहरुको स्वाब संकलन गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार