शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • समाज
  • ब्राजिलमा कोरोनालाई जित्दै घर फर्किन् ९७ वर्षिया महिला

ब्राजिलमा कोरोनालाई जित्दै घर फर्किन् ९७ वर्षिया महिला

  • सोमवार, बैशाख १, २०७७
ब्राजिलमा कोरोनालाई जित्दै घर फर्किन् ९७ वर्षिया महिला

ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित ९७ वर्षकी महिला निको भएकी छन्। अप्रिल १ मा संक्रमणका लक्षणहरू देखिएपछि अस्पताल भर्ना भएकी जीना दाल कोलेटो कोरोना नाम गरेकी महिला रोगलाई जितेर घर फर्किएकी हुन्। अस्पताल भर्ना गरिदां धेरै कमले उनी निको हुने सोचेका थिए।

आइतबार ह्वीलचेयरमा अस्पतालबाट बाहिरिदैं गर्दा जीनालाई उनको उपचार गर्ने साउलो पाउलो शहरको भिला नोभा स्टार हस्पिटलका चिकित्सक तथा नर्सहरूले ताली बजाएर बिदाइ गरेका थिए। जीना कोरोना भाइरसको संक्रमणलाई जित्ने ब्राजिलकी सबैभन्दा पाको व्यक्ति हुन्। जीनालाई अस्पतालमा अक्सिजन लगाएर ल्याइएको थियो। उनलाई त्यतिबेला सिधै संघन उपचार कक्षमा भर्ना गरिएको थियो।

निकै सक्रिय जीवन बिताइरहेकी जीना एक्ले बस्ने गर्छिन भने उनी किनमेल गर्न, हिँड्न र पकाउनमा रुचि राख्छिन्। उनका ६ नातिनातिना र पाँच पनातिपनातिना रहेका छन्। ११ जना दाजुभाइ तथा दिदीबहिनी मध्ये हाल उनीमात्र जीवित रहेकी छन्। ब्राजिल कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित ल्याटिन अमेरिकी देश हो। आइतबारसम्म त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्याकं अनुसार ब्राजिलमा कोरोनाको संक्रमणबाट १२ सय २३ जनाको ज्यान गइसकेको छ भने २२२ हजार बढी व्यक्तिमा यसको संक्रमण पुष्टि भइसकेको छ।

चर्चामा

सम्बन्धित समाचार