बुढिन्नदा नगरपालिका ६ कोटिलाका बेसाहारा कृष्णा आउजी र आम्पुरा लुवारको परिवारलाई खाद्यन्न र आर्थिक सहयोग गरिएको छ । लकडाउनको बेला परिवार पाल्न समस्या भएपछि बडिमालिका खबरको आयोजनामा प्रभाब शाहिको आर्थिक सहयोगमा राहत हस्तान्तरण गरिएको छ । दुबै परिवारलाई दुई दुई कट्टा चामल र कृष्णा आउजीलाइ नगद १२ हजार हस्तान्तरण गरिएको छ ।
कृष्णा श्रीमानको १ बर्ष पहिला मृत्यु पछि पाँच छोरा छोरी बिच्चलीमा परेका छन् । त्यस्तै आम्पुराका श्रीमानको मृत्यु भएको ८ बर्ष पहिला मृत्यु भएको हो, उनको पनि पाँच छोरा छोरी सहित उनि बिच्चलीमा परेका हुन् । लकडाउनको बेला ज्याला मजदुरी गर्न नपाएपछि उनिहरुलाई परिवार पाल्न समस्या भएको थियो । थोरै समयका लागि भएपनि केही राहत होस भन्ने उद्देश्यले सहयोग गरिएको बडिमालिका खबरका लक्ष्मिराज पाध्यायले वताएका छन् ।
सहयोग बुढिनन्दा नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत रामदत्त न्यौपाने मार्फत हस्तान्तरण गरिएको थियो । समन्वय नागरिक समाजका अध्यक्ष जनेश भण्डारीले गरेका थिए । लकडाउनको बेला केही राहत होस भन्ने उद्देश्यले आफुले सहयोग गरेको प्रभाब शाहिले वताएका छन् । उनको घर स्वामिकार्तिक गाँउपालिका ३ जुकोट हो, उनि बिगत केही बर्ष यता सामाजिक सेवामा लागिरहेका छन् ।
यो भन्दा पहिला बडिमालिका खबरले कृष्णा आउजी र आम्पुरा लुवारलाई सहयोग गरिएको थियो । कृष्णाको परिवारलाई ८० हजार ६ सय ५० आर्थिक सहयोग गरिएको छ । उनलाई देश र बिदेश बाट सहयोग आएको थियो । अम्पुरा चदारालाई पनि ५ हजार हस्तान्तरण गरिएको छ ।
कृष्णाकी छोरी निरुता कक्षा ६ मा, नमति कक्षा ३ मा र पवन आउजी कक्षा १ मा स्थानिय बागेश्वरी आधारभुक्त बिद्यालयमा अध्ययनरत छन् । पलिमान अरुको हलो जोतेर परिवार पाल्थे, उनको मृत्यु पछि परिवार बिच्चलीमा रहेको सामाजिक अगुवा जनेश भण्डारीले वताएका छन् । बुवाको मृत्यु पछि निरुताका तिन भाइबहिनि नियमित बिद्यालय समेत नआउने गरको भण्डारीले वताए । घर समेत नभएका उनिहरु अरुको घर गोठमा बस्दै आएका छन् । आर्थिक नभएपछि तिन भाइबहिनिको पढाइ समेत अलपत्र बनेको छ ।