चरेससहित ३ जना पक्राउ

  • आइतवार, चैत्र २, २०७६
चरेससहित ३ जना पक्राउ

कपिलवस्तु : लागुऔषध चरेससहित प्रहरीले ३ जनालाई शिवराजनगरपालिका ५ रहटकोलबाट पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेहरुमा दाङ जिल्ला हसिपुर गाउँपालिका २ का ३१ वर्षीय रमतुलमिया, दाङ्गजिल्ला राप्तीगाउँपालिका १ लम्तिया बस्ने ४१ वर्षीय जितमानमिया र रोल्पाजिल्ला सुन छाहारी गाउँपालिका २ बस्ने ४१ वर्षीय जपीबुढा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेकाको साथबाट १८ किलो ५ सय ग्राम चरस बरामद गरेको प्रहरी नायब उपरीक्षक सुनिलमल्लले बताए । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार