भारतको दक्षिणी राज्य तमिलनाडुमा भएको सवारी दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार २५ जना नेपालीहरू चढेको पर्यटक बस बिहीबार अर्को बससँग ठोक्किएको थियो । नेपाली चढेको बस कन्याकुमारीबाट राजस्थानतर्फ जाँदै थियो ।
बुधबार राति उनीहरूले सलेम जिल्लाको सलेम जिल्लाको छिन्ननादुपत्तिमा बास बस्ने योजना बनाएका थिए । राति १ बजेतिर बसका ड्राइभरले बस मोड्न खोज्दा बैंग्लुरूबाट केरला जाँदै गरेको बससँग ठोक्किएको थियो । दुर्घटनामा परी २ महिलासहित ६ नेपालीको मृत्यु भएको छ । नेपाली चढेको उक्त बस सुनसरीको दुहबीबाट गएको बताइको छ ।