बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बडिमालिका
  • ३० हजार नगद सहित पुनमलाई सम्मान

३० हजार नगद सहित पुनमलाई सम्मान

  • मङ्लबार, पुस २९, २०७६
सेयर गर्नुहोस् :
३० हजार नगद सहित पुनमलाई सम्मान

राजेन्द्र बहादुर राेकाया

नेपालमा संचालन भएकाे १३ अाैं दक्षिण यसियालि सागमा ६५ के जिकाे बक्सिङमा रजत पदक बिजेता पुनम रावललाई बडिमालिका नगरपालिकाले सम्मान गरेकाे छ । रावललाई नगरपालिकाले ३० हजार नगद सहित सम्मान गरेकाे हाे । बाजुराकाे बडिमालिका नगरपालिका ८ घर भएकी रावलले साग खेलमा रजत पदक जितेर नेपाल देसकै नाम उच्च राख्न सफल भएकी थिईन । साग खेलमा रजत विजेता बनेकी पुनम रावललाई नगरपालिकाकाे बैठकले सम्मान गर्ने निर्णय गरेकाे बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालले बताउनुभयाे । नगरपालिकाले सम्मान गर्दा उहालाई थप हाैषला मिलाेस् र अरु खेलाडीलाई समेत उर्जा थपियाेस् भन्ने उदेश्यले रावललाई सम्मान गरेकाे बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताउनुभयाे । नगरप्रमुख रावलले बाजुराको मात्र नभई देशकै नाम उच्च राख्नुभएकाेमा रावललाई धन्यवाद समेत दिनुभएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार