• होमपेज
  • खेलकुद
  • रमा सिंह बनिन फेन्सीङ्ग एकलमा तेस्रो र गुरुपीङमा दोस्रो

रमा सिंह बनिन फेन्सीङ्ग एकलमा तेस्रो र गुरुपीङमा दोस्रो

  • आइतवार, मंसिर २२, २०७६
रमा सिंह बनिन फेन्सीङ्ग एकलमा तेस्रो र गुरुपीङमा दोस्रो

नेपालमा भइरहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालबाट फेन्सीङ्गमाभाग लगेकी बाजुरी चेली रमा सिंह एकलमा तेस्रो र गुरुपीङ्गमा दोसो भएकी छन । एकलमा भारतसंग प्रतिस्पर्धा गरेर तेस्रो स्थान भईन भने गुरुपीङमा पनि भारतसंगै प्रतिस्पर्दा गरेर दोस्रो भएको रमाले बताईन । बाजुरा जिल्लाको खप्तड छेडेदह गाँउपालिका २ की रमा सिहंले दक्षिण एसियाली खेलकुदमा फेन्सीङ्ग भाग लिएकी छन् ।
फेन्सीङ्ग ग्यामलाई साहसिक ग्याम मानिन्छ । रमा नेपाली सेनामा कार्यरत रहेकी छन् । अन्र्तराष्ट्रिय स्तरमा वल्ड च्यान्पेन्सिङ्ग जर्मन र सिपु वपोन च्यान्पेसिङ्ग थाइल्यान्डमा गएर खेलिसकेको वताईन् । बाजुरामा सामान्य परिवारमा जन्मेकी रमा अन्तराष्ट्रिय स्तरको सहभागिताले बाजुराका महिला केही गर्न सक्छन, भन्ने देखाएको महिला अधिकारकर्मीहरु बताउछन । अबसर नपाएर पनि धेरै महिलाहरु पछाडी परेका छन, यिनिहरुले त नेपाली सेना मार्फत अबसर पाएकाले यहाँ पुगेको अझै यस्ता धेरै प्रतिभा लुकेर बसेको उनले वताईन् । यिनीहरुको सहभागिताले महिलाले केही गर्नु हुदैन भन्ने रुढीवादीको पनि चिरफार भएको छ, अबसर भए महिला केही गर्न सक्ने देखाएको बाजुराली महिलाहरुले बताएकि छन ।


२०७१ साल असोज २२ गते बाजुराको सदरमुकाम मार्तडीमा भर्ना छनौटमा सफल भएकि दुबै जना देश भित्र खेल्दा त्रिभुवन आर्मी कल्ब बाट खेल्ने गरेका छन् । पुनमले भनिन्, आर्थिक अबस्था निकै कमजोर थियो, जब सेनामा भर्ना भए तब खेलमा प्रगति भएर देश बिदेशमा खेल्न पाएको वताईन् । खेलको चाहाना थियो, जब सेनामा भर्ना भए तब आफ्नो ईच्छा पुरा भएको रमा सिंहले वताएकि छन् ।

चर्चामा

सम्बन्धित समाचार