• होमपेज
  • देश
  • दैलेखमा ग्यास उत्खननका हुने यसरी हुन्छ अव उत्खननको काम

दैलेखमा ग्यास उत्खननका हुने यसरी हुन्छ अव उत्खननको काम

  • आइतवार, कार्तिक १७, २०७६
दैलेखमा ग्यास उत्खननका हुने यसरी हुन्छ अव उत्खननको काम

दैलेख १७ कात्तिक । दैलेखमा ग्यास उत्खनन परिक्षणको निम्ति चिनियाँ क्याम्प स्थापना भएको छ । चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालकोतर्फबाट खानी तथा भू–गर्व विभाग सहकार्यमा दैलेखको शिरिस्थानमा मिथेन ग्यासको उत्खननको लागि क्याम्प स्थापना गरीएको हो । क्याम्प स्थापना सँगै अब ग्यास उत्खननका लागि धमाधम काम शुरु हुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले नाकाबन्दीसँगै मुलुकभर पेट्रोलियम पदार्थको चरम सङ्कट परेपछि ग्यास उत्खननको काम अघि बढाएको हो । ओली सरकारका तत्कालीन सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको टोलीले २०७२ मंसिर २१ गतेदैलेखको शिरिस्थानमै आएर पेट्रोलियम पदार्थको अनुसन्धान गरी उत्खनन गर्न सकिने घोषणा गरेको थियो ।

त्यतिबेला नै अनुसन्धान गरी चीन फर्केको चिनियाँ टोलीले पेट्रोलियम पदार्थ मिथेन ग्यास भएको पुष्टि गरेपछि दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन गर्न चीनको कम्पनीसँग सम्झौता गरेलगत्तै उत्खनन गर्ने बाटो खुलेको छ । दैलेखका शिरिस्थान, नाभिस्थान, पादुका, धुलेश्वरलगायत पञ्चकोशी क्षेत्रमा सयौँ वर्षदेखि ज्वालाका रुपमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भैसकेको छ।

जनताटाईम्सबाट

चर्चामा

सम्बन्धित समाचार