बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • थाई राजाले खोसे ‘पत्नी’को शाही उपाधि

थाई राजाले खोसे ‘पत्नी’को शाही उपाधि

  • मङ्लबार, कार्तिक ५, २०७६
थाई राजाले खोसे ‘पत्नी’को शाही उपाधि

थाइल्याण्ड- थाईल्यान्डका राजा महा वाचिरालङ्कनले आफ्नी एक ‘पत्नी’को शाही उपाधि खोसेका छन्। उच्च तहको नियुक्ति पाएको केही महिनामै रानीले विश्वासघात गरेको आरोप लगाउँदै राजाले उनको शाही उपाधि खोसेका हुन् ।

एउटा औपचारिक घोषणामा सिनीनात वङ्वाचिराफाक ‘महत्वाकाङ्क्षी’ बनेकी र उनले ‘आफूलाई रानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको’ उल्लेख छ।

उनका व्यवहारहरू अपमानजनक ठहरिएको बताइएको छ। राजाले चौथो पत्नीको रूपमा रानी सुथिदासँग बिहे गरेको दुई महिनालगत्तै ती महिलालाई जुलाई महिनामा ‘चाओ खुन फ्रा सिनिनात बिलासकलयानी’को उपाधि दिएका थिए। उक्त उपाधि झन्डै एक शताब्दीमा पहिलो पटक दिइएको बताइन्छ।

मेजर जेनरल सिनीनात तालिमप्राप्त पाइलट, नर्स र अङ्गरक्षक हुन्। गत अगस्टमा उनले सैन्य पोसाकमा जेट विमान चलाइरहेको फोटो औपचारिक रूपमा सार्वजनिक गर्दै राजाले उनको शाही जीवनगाथा सिर्जना गर्न निर्देशन दिएको उल्लेख थियो।

पूर्वविमान परिचारिका तथा राजाको अङ्गरक्षक समूहकी प्रमुख ४१ वर्षीया रानी सुथिदा राजा वाचिरालङ्कनको लामो समयदेखिको साथी थिइन् र उनलाई कैयौँ वर्षदेखि सार्वजनिक समारोहहरूमा राजासँगै देखिन्थ्यो। उनी सन् २०१६ मा पिताको मृत्युपछि सिंहासनमा आएका हुन्। बीबीसीबाट

चर्चामा

सम्बन्धित समाचार