शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेकपा बडीमालिका नगर कमिटीद्धारा सपथ ग्रहण

नेकपा बडीमालिका नगर कमिटीद्धारा सपथ ग्रहण

  • बिहिबार, अशोज १६, २०७६
नेकपा बडीमालिका नगर कमिटीद्धारा सपथ ग्रहण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर संगठन कमिटी बडीमालिकाका सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।
बडीमालिका नगरपालिका मार्तडीस्थित नेकपा बाजुराको पार्टी कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा उपलव्ध नगरका सदस्यहरुलाई नेकपाका केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज माननीय लालबहादुर थापाले सामुहिक रुपमा सपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा नगर कमिटी सदस्यहरुले नगरमा पार्टीलाई एकढिक्का बनाएर जनताको चाहाना अनुसार अघाडि बढ्ने र पार्टीको विधि, विधान अनुसार पार्टीलाई आगामी दिनहरुमा थप मजवुत बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
नेकपा बडीमालिका नगर कमिटी अध्यक्ष वीरबहादुर रावलको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा बाजुराका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार