• होमपेज
  • देश
  • डल्फिन प्रचारप्रसारका लागि कैलालीमा महोत्सव

डल्फिन प्रचारप्रसारका लागि कैलालीमा महोत्सव

  • बुधबार, भदौ २५, २०७६
डल्फिन प्रचारप्रसारका लागि कैलालीमा महोत्सव

धनगढी : कैलालीको टीकापुरमा डल्फिन महोत्सव हुने भएको छ। विश्वमै दुर्लभ डल्फिन संरक्षण र त्यसको प्रचारप्रसारका लागि महोत्सव आयोजना हुन लागेको हो।

यही भदौ २८ देखि ३० गतेसम्म कैलाली होटल व्यवसायी संघको आयोजनामा महोत्सव हुन लागेको छ। जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा पर्ने पथरैया, काँडा र मोहना नदीको दोभानमा महोत्सव हुन लागेको आयोजक कैलाली उद्योग व्यवसायी संघले धनगढीमा मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

जल सतह बढेका बेला सहजरुपमा देखिने डल्फिनको संरक्षण गर्न महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए। ‘संसारकै दुर्लभ मानिने स्तनधारी जन्तु डल्फिन कैलालीका नदीमा देखा पर्दछ’, अध्यक्ष शाहीले भने,‘त्यसको प्रचारप्रचारका लागि महोत्सव हुन लागेको हो।’

आन्तरिक तथा वाह्य पर्यटकहरु भित्र्याउन यस प्रकारका महात्सवले टेवा पुग्ने महोत्सव प्रचारप्रचार उप–समितिका संयोजक तेजबहादुर बोहराले बताए। पर्यटन बर्ष २०२० लाई पनि यस प्रकारको महोत्सवको पर्यटक भित्र्याउनमा सहयोग पुग्ने उनले बताए। डल्फिन देखिने एक किलोमिटर क्षेत्रमा ¥याफ्टिङ समेत गर्न सक्ने व्यवस्था गरिएको छ।

नदीमा जलस्तर बढ्दै गएपछि कैलालीको कर्णाली नदीको रैथाने र भारतको घांङरा नदीबाट जलबिहारका लागि डल्फिन आउने गरेको जनाएको छ। मनसुनमा यहाँ देखिने गङ्गेटिक प्रजातिको डल्फिन चेतनशील जलप्राणी हुन्।  विश्वमै दुर्लभ यो जलप्राणी कैलालीको नदीहरुमा बच्चा हुर्काउनका लागि आउने गरेको स्थानीय संरक्षणकर्मीहरु बताउदै आएका छन्।

चर्चामा

सम्बन्धित समाचार