बिहिबार, असार १८, २०८३
  • होमपेज
  • समाज
  • बहुविवाहको मुद्दामा गाउँपालिका अध्यक्ष प्रहरी हिरासतमा

बहुविवाहको मुद्दामा गाउँपालिका अध्यक्ष प्रहरी हिरासतमा

  • सोमवार, भदौ २३, २०७६
सेयर गर्नुहोस् :
बहुविवाहको मुद्दामा गाउँपालिका अध्यक्ष प्रहरी हिरासतमा

प्यूठान : गौमुखी गाउँपालिका प्यूठानका अध्यक्ष विष्णुकुमार गिरीलाई बहुविवाहको मुद्दाले प्रहरी हिरासत पुर्याएको छ।  पत्नीले बहुविवाहको मुद्दा दर्ता गरेपछि आइतबार साँझ गिरी आफैं जिल्ला प्रहरी कार्यालय प्यूठान पुगेका हुन्। भदौ १० गते गौमुखी गाउँपालिका ४ पुँजा बस्ने पत्नी सीता केसीले गिरीविरुद्ध मुद्दा दायर गरेकी थिइन्।

प्रहरी नायव उपरीक्षक नरेन्द्रबहादुर कार्कीका अनुसार उनलाई हिरासतमा राखेर अनुसन्धान सुरु भएको छ। ‘आइतबार साँझ हाम्रो सम्पर्कमा आउनुभयो’, कार्कीले भने, ‘अनुसन्धान सुरु भएको छ। निष्कर्षमा नपुग्दासम्म हिरासतमा राख्छौँ।’

अध्यक्ष गिरीले आफूले दोस्रो विवाह नगरेको दाबी गरेका छन्। ‘विवाह लुकेर गर्ने कुरा होइन’, उनले भने, ‘विवाह गर्नैपरे सबैलाई खवर गर्छु।’ गिरीले यसअघि सम्बन्ध विच्छेदको मुद्दा हारेका थिए। गिरी दम्पत्ति १० वर्षदेखि अलग बस्दै आएका छन्।

यसअघि सम्बन्ध विच्छेदको मुद्दा आफूले हारेको प्रतिक्रिया दिँदै गिरीले सम्पत्तीको विषयमा मुद्दा चलिरहेको बताएका छन्। पत्नी केसी दुई छोरीसँगै विजुवारमा कोठा भाडामा बस्दै आएकी छन्। उनले दोस्रो विवाह गरेको प्रमाणको आधारम मुद्दा दायर गरेको दाबी गरेकी छन्।

गिरीले बहुविवाह गरेको प्रमाणित भएमा मुलुकी अपराध संहिताको दफा १७५ को उपदफा ४ बमोजिम सजाय भोग्नुपर्ने अधिवक्ता डा. शिवराज पण्डितले बताए। दफा १७५ को उपदफा ४ मा बहुविवाह प्रमाणित १ वर्षदेखि ५ वर्षसम्म कैद र दश हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख।

अन्नपुर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार