• होमपेज
  • समाचार
  • आइपिएस तालिममा इन्सपेक्टर खड्का उत्कृष्ट, भारतीय गृहमन्त्रीले गरे सम्मान

आइपिएस तालिममा इन्सपेक्टर खड्का उत्कृष्ट, भारतीय गृहमन्त्रीले गरे सम्मान

  • बिहिबार, भदौ १२, २०७६
आइपिएस तालिममा इन्सपेक्टर खड्का उत्कृष्ट, भारतीय गृहमन्त्रीले गरे सम्मान

काठमाडौं । भारतको हैदरवादस्थित सरदार बल्लभ भाई पटेल नेशनल पुलिस एकेडेमीमा भएको आइपिएस (इन्डियन पुलिस सर्भिस) तालिममा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) कृष्ण खड्का उत्कृष्ट भएका छन् ।

१३ महिने लामो तालिममा आउट डोर विधामा इन्सपेक्टर खड्का उत्कृष्ट भएका हुन् । उत्कृष्ट भएका खड्कालाई भारतका गृहमन्त्री अमित शाहले सोर्ड अफ अनरद्धारा सम्मानित गरेका थिए ।

सो तालिममा नेपाल प्रहरीबाट ५ जना इन्सपेक्टर सहभागि भएका थिए । खड्कासँग इन्सपेक्टरहरु बोधराज रेग्मी, उमेश गुरुङ श्रेष्ठ, अमरबहादुर माझी र अनु लामा तालिममा सहभागी भएका थिए ।

यस्तै भुटानबाट ६ जना, माल्दिभ्सबाट ४ जना, भारत र नेपाल गरी तालिममा १ सय ३ जना सहभागी भएका थिए ।

यसअघि सो तालिममा इन्सपेक्टर राजेशराज पुरी र रद्यु सिंह विष्ट पनि उत्कृष्ट भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार