• होमपेज
  • अन्तर्राष्ट्रिय
  • बारमा अन्धाधुन्ध गोलिप्रहार हुँदा २३ जनाको मृत्यु

बारमा अन्धाधुन्ध गोलिप्रहार हुँदा २३ जनाको मृत्यु

  • बिहिबार, भदौ १२, २०७६
बारमा अन्धाधुन्ध गोलिप्रहार हुँदा २३ जनाको मृत्यु

एजेन्सी, १२ भदौ– मेक्सिकोको पूर्वी क्षेत्रमा रहेको एउटा बारमा अन्धाधुन्ध गोलिप्रहार हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार मङ्गलबार राति भएको सो घटनामा परेर अरु १३ जना गम्भीर घाइते भएका छन् । घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको अधिकारीहरूको भनाइ छ ।

कोट्जाकोल्कोस शहरमा घटना भएको हो । “क्रुर व्यक्तिहरूले गोली प्रहार गरेर घटना भएको हो,” स्थानीय सरकारी अधिकारीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। घटनामा परी मृत्यु भएका र घाइते भएकाहरूका आफन्त घटनास्थलमा विक्षिप्त अवस्थामा भेटिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटना भएको बारमा काम गर्ने एक महिलाले आत्तिदै र चिच्याउँदै भन्दै थिइन्, “मेरो छोरो ठिक छ की छैन, उस्लाई केही भएको छ की छैन?” बारमै रहेका उनको छोरो पनि घाइते भएपछि अस्पताल लगिएको थियो । घाइतेहरूलाई उद्धार गर्न प्रहरीको ठूलो टोली आएको थियो ।

घटना भएको क्षेत्र देशमै अत्यधिक धेरै हिंसात्मक घटना हुने क्षेत्रका रूपमा चिनिने गरेको समाचारमा जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार