सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • दुवै देशका प्रधानमन्त्रीबाट उद्घाटन, १० दिनमा पाइपलाइनबाट तेल आउने

दुवै देशका प्रधानमन्त्रीबाट उद्घाटन, १० दिनमा पाइपलाइनबाट तेल आउने

  • बुधबार, भदौ १८, २०७६
दुवै देशका प्रधानमन्त्रीबाट उद्घाटन, १० दिनमा पाइपलाइनबाट तेल आउने

अब १० दिनमा नेपाल र भारत पेट्रोलियम पाइपलाइनबाट तेल आउने भएको छ । पेट्रोलियम पाइपलाइनको उद्घाटन दुवै देशका प्रधानमन्त्रीले १० सेप्टेम्बर (२४ भदौ) गर्ने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलका प्रवक्ता नवराज ढकालले पाइपलाइनको उद्घाटन नेपालका प्रधानमन्त्री केपी ओलीले बालुवाटारबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट गर्ने कार्यक्रम तय भएको बताए । प्रवक्ता ढकालले दुवै देशका प्रधानमन्त्रीले पेट्रोलियम पाइपलाइनको उद्घाटन आप्mनै कार्यकक्षमा रहेर रिमोट कन्ट्रोलमार्फत संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको बताए । ‘पेट्रोलियम पाइपलाइनको उद्घाटन कार्यक्रम तय भइसकेको भए पनि सुरक्षा जिम्मा कसलाई दिने टुंगो लागेको छैन, पेट्रोलियम पाइपलाइन सुरक्षाका लागि कसलाई दिने भन्ने विषय गृह मन्त्रालयलाई दिएको छ । नेपाली सेनालाई दिने कि सशस्त्र प्रहरीलाई दिन गृह मन्त्रालयको निर्णय हुन्छ,’ प्रवक्ता ढकालले भने ।

नेपाल आयल निगमका अनुसार प्रधानमन्त्री ओलीले पाइपलाइनको रिमोट कन्ट्रोल अन गरेपछि अमलेखगन्जमा रहेको पाइपलाइनको भल्भ खुल्नेछ भने भारतबाट प्रधानमन्त्री मोदीले रिमोट कन्ट्रोलबाट उद्घाटन गर्दा मोतीहारीमा पाइपलाइनको भल्भ खुल्नेछ । संयुक्ता रूपमा दुवै देशका प्रधानमन्त्रीले पाइपलाइनको गरे पनि २४ भदौबाट नियमित रूपमा पाइपलाइनबाट तेल आयात हुनेछ । रिमोटमार्फत पाइपलाइनका उद्घाटनपछि अमलेखगन्ज, मोतीहारी, दिल्ली र बालुवाटारमा स्क्रिनमा देखिनेछ । निगमका अनुसार पाइपलाइनबाट दैनिक करिब ३ हजार ५ सय किलोलिटरसम्म डिजेल आयात गरिनेछ ।

चर्चामा

सम्बन्धित समाचार