देशैभरी यतिबेला पत्रकार रबि लामिछ्नेको समर्थनमा आन्दोलन भैरहेको छ | बिशेषत: चितवनमा यसको प्रत्यक्ष प्रभाव देखिएको छ | सम्मजिक संजाल मार्फत विश्वभरी नेपालीबाट बिरोध भैरहेको बेला यता भने सबिता सरु शर्मा आचार्यले लगभग ५ महीना अगाडी म्यासेजमॉ “तपॉईमॉथि केही मुद्दा-मॉमलाहरु आऊने देख्छु अलि बिचार गर्नु होला भनेर लेखेकी हु भन्नेकाे दावी गरेकी छिन् ।
आज यहि कुराहरु प्रमाणित हुन पुगेको उनले बताएकी छन् । नेपाली चर्चित टेलिभिजन पत्रकार रबि लामिछाने र पत्रकार युवराज कँडेललाई प्रहरीले बिहीवार साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाटै प्रहरीले पक्राउ गरेको छ ।
पत्रकार शालि*कराम पुडा*सैनीको आ*त्म ह*त्या प्रकरणको बिषयलाई लिएर अनुसन्धान गर्न प्रहरीले उनीहरुलाई प*क्राउ गरेको हो । आफूलाई माता भनेर चिनाउने सबिता सरु शर्मा आचार्यले एक अनलाइन टेलिभिजनमा अन्तर्वार्ता दिँदै भनेकी छिन् : मैले जे देखेको थियो आज रवि लामिछाने माथि त्यहि नै भयो ।
स्मरण रहोस् माता भनेर चिनिने सविताले यी कुरा बताई रहंदा उनि भने बेलाबखत निकै बिबादित बनेका खबरहरु बेलाबेलामा बाहिरिने गर्दछन | चाहे नेता सरकार तथा कुनै चर्चित व्यक्ति वा घटना होस् उनले भने गरेका भबिष्यबाणी मिल्दोजुल्दो होलान वा नहोलान तर बेलाबेलामा उनि बिबादमा तानिने गरेकी छन् |