• होमपेज
  • देश/प्रदेश
  • डडेल्धुरा अस्पतालमा सुत्केरीको मृत्यु भएपछि जिल्ला सदरमुकाममा प्रदर्शन

डडेल्धुरा अस्पतालमा सुत्केरीको मृत्यु भएपछि जिल्ला सदरमुकाममा प्रदर्शन

  • शनिबार, जेष्ठ ३२, २०७६
डडेल्धुरा अस्पतालमा सुत्केरीको मृत्यु भएपछि जिल्ला सदरमुकाममा प्रदर्शन

डडेल्धुरा अस्पतालमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले जिल्ला सदरमुकाममा प्रदर्शन गरेका छन्। अमरगढी नगरपालिका वडा नम्वर ६ की २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा मृत्यु भएपछि आफन्तले जिल्ला सदमुकाममा प्रदर्शन गरेका हुन्। मृतकका आफन्तले नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रर्दशन गरेका छन्। चिकित्सकलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले सडकमा टायर बालेर यातायात समेत ठप्प पारेका छन्।

सडक अवरुद्ध हुँदा डडेल्धुरा भएर बैतडी, बझाङ, दार्चुला जाने र ति जिल्लाबाट तराई आउने सवारीसाधन पनि रोकिएका छन्। शल्यक्रिया गरेर १४ दिन अगाडि बच्चा पाएकी ताम्राकारलाई ९ दिन अस्पतालमै भर्ना गरिएको थियो भने लगातार ‘ब्लिडिङ’ भएपछि शुक्रबार फेरी डडेल्धुरा अस्पताल पुगाईएको थियो। अस्पतालले ८ पिन्ट रगत दिए पनि बचाउन नसकेको जनाएको छ। शिशुको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। शुक्रबार साँझ आक्रोशित पीडित पक्षले अस्पताल परिसरमा ढुंगामुढा गर्दा अस्पतालमा समेत क्षति भएको छ।

चर्चामा

सम्बन्धित समाचार