• होमपेज
  • देश/प्रदेश
  • कञ्चनपुरमा जेसीबी अटोरिक्सा ठोक्किए, दुईजनाको मृत्यु

कञ्चनपुरमा जेसीबी अटोरिक्सा ठोक्किए, दुईजनाको मृत्यु

  • शुक्रबार, जेष्ठ ३१, २०७६
कञ्चनपुरमा जेसीबी अटोरिक्सा ठोक्किए, दुईजनाको मृत्यु

कञ्चनपुर,३१ जेठ- कञ्चनपुरको भीमदत्त नगरपालिकामा जेसीबीले अटोरिक्सालाई ठक्कर दिएको छ । उक्त दुर्घटनामा परेर अटोरिक्सामा रहेका दुईजनाको मृत्यु भएको हो ।

भीमदत्त नगरपालिकाको महेन्द्रनगर–गड्डाचौकी सडकखण्डमा आज बिहान दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका चार जनामध्ये एकजनाको अवस्था गम्भीर रहेको छ ।
महेन्द्रनगरबाट गड्डाचौकि जाँदै गरेको से १ क ७३३ नम्बरको स्काभेटरले बिपरित दिशाबाट आउदै गरेको म १ ह ७६३ नम्बरको अटोरिक्सालाइ ठक्कर दिएको हो ।

मृतक र घाइतेको परिचय खुल्न सकेको छैन् ।

चर्चामा

सम्बन्धित समाचार