• होमपेज
  • देश/प्रदेश
  • कैलालीमा दुई सय ७७ ग्राम सुनका गहना र नगद सहित केही व्यक्ति पक्राउ

कैलालीमा दुई सय ७७ ग्राम सुनका गहना र नगद सहित केही व्यक्ति पक्राउ

  • शुक्रबार, जेष्ठ ३१, २०७६
कैलालीमा दुई सय ७७ ग्राम सुनका गहना र नगद सहित केही व्यक्ति पक्राउ

कैलाली प्रहरीले दुई सय ७७ ग्राम बराबरका सुनका गरगहना र नगद रकम सहित केही व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले भारतबाट चोरी गरी ल्याएका दुई सय ७७ ग्राम सुनका गर गहना, डेढ लाख नगद भारतीय रुपैया, ९२ हजार नेपाली रुपैया र एक सय ३० युएस डलर सहित केही व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ।

कैलालीका प्रहरी उपरिक्षक सुदिप गिरीले भारतबाट चोरी गरेर ल्याएको उक्त परिमाणको सुनका गर गहना र नगद बरामद गरिएको बताए। प्रहरी उपरिक्षक गिरीले दिनेश खबरलाई गर गहना र नगद सहित केही व्यक्तिलाई पनि पक्राउ गरिएको तर अहिले नै नाम उल्लेख गर्न नमिल्ने बताए।

साभार दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार