सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • आँचलको पारिश्रमिक तर्क

आँचलको पारिश्रमिक तर्क

  • बिहिबार, जेष्ठ ३०, २०७६
आँचलको पारिश्रमिक तर्क

अभिनेत्री आँचल शर्माले चलचित्रमा अभिनय गर्ने अभिनेता–अभिनेत्रीहरूले पारिश्रमिकका लागि प्रतिस्पर्धा गर्नु राम्रो नभएको धारणा व्यक्त गरेकी छिन् । चलचित्र दाल भात तरकारीको प्रमोसन गर्ने क्रममा आँचलले देखासिखीको भरमा कलाकारहरूले आफ्नो पारिश्रमिक बढाइरहेको आरोप समेत लगाइन् ।

२ लाख रुपैयाँ लिएर १०–१५ लाख रुपैयाँ लिएको गफ दिने कलाकार धेरै देखेको उनको भनाइ छ । ‘म पनि २ लाख रुपैयाँ लिएर १० लाख रुपैयाँको धाक लगाउन सक्छु, आँचलको भनाइ छ– ‘तर म त्यसो गर्दिन किनभने मेरो भ्यालु कतिसम्म छ त्यो मलाई थाहा छ ।’

कलाकारले आफूले पाउने पारिश्रमिकलाई गोप्य राख्नुपर्ने उनको सुझाव छ । ‘अहिले कलाकारहरूबीच कसले बढी पारिश्रमिक लिने भन्ने नराम्रो होडबाजी छ । यसले कसैलाई फाइदा गर्दैन, आँचलको भनाइ छ– ‘कलाकारलाई घाँटी हेरी हाड निल्न सुझाव दिन्छु म ।’

 

चर्चामा

सम्बन्धित समाचार