सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • सारेगमप लिटिल च्याम्प्सको फाइनल आज ( सक्दो सेयर गरौ )

सारेगमप लिटिल च्याम्प्सको फाइनल आज ( सक्दो सेयर गरौ )

  • आइतवार, जेष्ठ २६, २०७६
सारेगमप लिटिल च्याम्प्सको फाइनल आज ( सक्दो सेयर गरौ )

भारतको चर्चित टेलिभिजन शो सारेगमपा लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य र आयुष केसी टप ६ अर्थात् फाइनलमा पुगेका छन् । आयुष र प्रितम २० हजार भन्दा बढी प्रतिस्पर्धीहरुलाई पछि पर्दै फाइनलमा पुगेका हुन् । फाइनलमा पुग्नुभन्दा पहिले अर्थात् सेमिफाइनलमा प्रितमले ‘हम दिल दे चुके सनम’ को ‘तड़प तड़प इस दिलमे’ गाएका थिए भने आयुषले कुमार सानुको स्वर रहेको ‘तुम मिले दील खिले’ गाएका थिए।

नेपालका दुई बालगायकले सारेगमपामा नेपालको नाम चिनाउन भरपुर प्रयास गरेका छन् । फाइनलमा आयुष र प्रितम सहित ,अनुष्का पात्रा, सुगन्धा दाते, आस्था दास र भारतीय बालक महम्मद फैज छन्। उनीहरुले शनिबार राति पहिलाका राउन्डमा गाएका गीत नै गाएका थिए । आइतबार टप ६ प्रतिस्पर्धीहरुको अन्तिम परिणाम सार्वजनिक हुँदैछ । यस शोको बिजेता को बन्छ त्यो भने आज बेलुका नै थाहा हुन्छ।

भारतीय टेलिभिजन जी टिभीको संगीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स २०१९ को फाइनल आइतबार राति हुँदैछ । फाइनलमा नेपाली दुई बालक आयुष केसी र प्रितम आचार्यले भारतीय चारजनासँग प्रतिस्पर्धा गर्दैछन् ।

आयुष केसी सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–१ ठोकर्पा स्थायी घर भई भक्तपुरको ठिमीमा अस्थायी रुपमा बस्छन् भने प्रितम आचार्य सुनसरीको इटहरी उपमहानगरपालिका–५ का बासिन्दा हुन् ।

प्रतिस्पर्धीहरूको सांगीतिक प्रस्तुतिपछि निर्णायक र दर्शकको मतका आधारमा एक साताअघि केसी र आचार्यसहित ६ जना फाइनलका लागि चयन भएका हुन् । आयुष र प्रितमका साथमा भारतीय बालिकाहरू अनुष्का पात्रा, सुगन्धा दाते, आस्था दास तथा भारतीय बालक महम्मद फैज प्रतिस्पर्धामा छन् । सेमिफाइनलमा नौजना सहभागी थिए ।

गत फेब्रुअरी ९ बाट सुरु भएको सांगीतिक प्रतिस्पर्धामा पाँचदेखि १४ वर्षसम्मका बालबालिकालाई सहभागी गराइएको छ । उनीहरू डिजिटल राउन्ड, विभिन्न स्थानमा भएका अडिसन, मेगा अडिसन हुँदै अहिले फाइनल राउन्डमा पुगेका हुन् ।

सेमिफाइनल राउन्डमा निर्णायक शानले फाइनल राउन्डका लागि सबैभन्दा पहिला प्रितमको नाम लिएका थिए भने निर्णायक अमाल मल्लिकले आयुषको नाम अन्तिममा लिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार