बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • प्रवास
  • जातीय दुर्व्यवहार भएपछि डा. पायलले गरिन् आत्महत्या

जातीय दुर्व्यवहार भएपछि डा. पायलले गरिन् आत्महत्या

  • सोमवार, जेष्ठ १३, २०७६
सेयर गर्नुहोस् :
जातीय दुर्व्यवहार भएपछि डा. पायलले गरिन् आत्महत्या

मुम्बइको नायर अस्पतालकी एक मेडिकल छात्रा पायल तडवीले आफ्नै वरिष्ठबाट पटकपटक हुने गरेको जातीय  दुर्व्यवहार  सहन नसकेर आत्म हत्या गरेकी छन् ।

पटकपटक हुँदै आएको जातीय  दुर्व्यवहारयुक्त टिप्पणीबारे जानकारी गराए पनि अस्पताल प्रशासनले कुनै कदम नचालेको परिवारजनको आरोप छ ।

‘जब म पायलसँग कुरा गर्थे उसले तीन वरिष्ठ चिकित्सकको नाम लिएर उनीहरुले आफूमाथि जातीय दुर्व्यवहार गरेको बताउने गर्थिन् । यसबारेमा अस्पताल प्रशासनलाई पनि जानकारी गराइएको थियो तर केही भएन । हामीलाई न्याय चाहियो,’ पायलकी आमा अवेदाको भनाई छ ।

पायल नायर अस्पतालमा सन् २०१८ मा रेजिडेन्ट डाक्टरका रुपमा कार्यरत थिइन् । आरक्षित कोटामा प्रवेश गरेका कारण उनीभन्दा वरिष्ठ चिकित्सकले लामो समयदेखि उनीमाथि निरन्तर जातीय दुर्व्यवहार गर्दै आएका थिए ।

पायलले यसबारे होस्टलका अधिकारी र अस्पताल प्रशासनसमक्ष उजुरी गरे पनि सुनुवाई हुन नसकेपछि उनले गत मे २२ मा आत्महत्या गरेको समाचार आइतबार एएनआईले प्रकाशन गरेको छ ।

यस घटनाका आरोपी तीन चिकित्सक हेमा आहुजा, भक्ति मेहर र अंकिता खन्डिलवाल फरार छन् । प्रहरीले तीन आरोपीविरुद्ध धारा ३०६ र एससीएसटी कानुनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार