• होमपेज
  • देश/प्रदेश
  • बाजुरा नेकपाको अध्यक्षमा कालि बहादुर शाहि, ९ जिल्लाकै कमिटी अध्यक्ष (सुची सहित)

बाजुरा नेकपाको अध्यक्षमा कालि बहादुर शाहि, ९ जिल्लाकै कमिटी अध्यक्ष (सुची सहित)

  • सोमवार, बैशाख ९, २०७६
बाजुरा नेकपाको अध्यक्षमा कालि बहादुर शाहि, ९ जिल्लाकै कमिटी अध्यक्ष (सुची सहित)

बडिमालिका समचार
बैशाख, ९
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाजुराको अध्यक्षमा कालि बहादुर शाहि भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनको नाम ढुङ्गो लगाएका हुन् । शाहि तत्कालिन नेकपा एमालेको जिल्ला अध्यक्ष हुन, भने अहिले जगन्नाथ गाँउपालिकाको अध्यक्ष निर्वाचित रहेका छन् ।
कार्यदलले अरुको नाम शिफारीस गरेको भएपनि आइतवार नेकपाका उच्च स्तरका नेताहरुको निर्णय बाट शाहि अध्यक्ष भएका हुन् । कार्यदल बाट भने उनको नाम शिफारीस थिएन् । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले सुदूरपश्चिम प्रदेशका ९ सहित देशका ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको हो । सुदूरपश्चिमका ९ जिल्ला मध्ये ५ जिल्लामा तत्कालिन नेकपा एमालेले जिल्ला अध्यक्ष पाएको छ भने ४ जिल्लामा तत्कालिन माओवादीले अध्यक्ष पाएको छ । कैलाली, डोटी, अछाम, बैतडी र बाजुरा जिल्लामा तत्कालिन एमालेले अध्यक्ष पाएको छ भने कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बझाङ जिल्लामा तत्कालिन माओवादीबाट अध्यक्ष भएका छन् । कैलाली जिल्लामा तत्कालिन एमालेका जिल्ला उपाध्यक्ष रतन थापालाई अध्यक्षको जिम्मेवारी दिईने भएको छ ।
तत्कालिन जिल्ला अध्यक्ष दीर्घ सोडारी कारवाहीमा परेकाले उपाध्यक्ष थापाले अध्यक्षको जिम्मेवारी पाएका हुन् । यस्तै कञ्चनपुरमा तत्कालिन माओवादीबाट विरवहादुर थापा, डडेल्धुरामा मानसिह माल, दार्चुलामा गणेश खत्री, बैतडीमा सुरेन्द्र पाल, डोटीमा चक्र मल्ल, अछाममा शेरवहादुर कुँवर, बाजुरामा कालीवहादुर शाही र बझाङमा मिनवहादुर थापालाई अध्यक्षको जिम्मेवारी दिईएको नेकपाका प्रदेश अध्यक्ष कर्ण थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार