प्रकाश सिह/नहकुल जोशी
बाजुरा, ८ बैशाख
बिगत १८ बर्ष देखि बाजुराको कोल्टीमा बस्दै आएको नेपाली सेना अछाम फिर्ता जान लागेको छ । स्थानियले जग्गा उपलब्ध नगराउदा र सेनाले ब्यारेकलाई समायोजन गर्ने निति अनुसार ब्यारेक फिर्ता हुन लागेको छ । जग्गा उपलब्ध नगराएकै कारणले ब्यारेक फिर्ता जान लागेको भएपनि सेनाले भने त्यहाँ नेपाली सेनाको सुरक्षा आबश्यक नरहेको सुरक्षा मजबुद रहेको भन्दै फिर्ता हुन लागेको वताएको छ ।
नेपाली सेनाका प्रबक्ता बिज्ञान देब पाण्डेले भने द्धन्द्धकालमा द्धन्द्ध ब्यबस्थापनका लागि राखेको हो, अहिले शान्ति सुरक्षाको अबस्था मजबुद रहेको त्यहाँ नेपाली सेनाको खासै आबश्यक नरहेकोले फिर्ता बोलाएको वताएका छन् । कोल्टीमा रहेको भवानी बक्स गण अछाम माथतको गण हो । भवानी बक्स गण अछामका प्रमुख प्रमुख सेनानी लोचन कार्कीले भने त्यहाँ अब खासै आबश्यक नरहेको हेल्किप्टर ब्यबस्थापन हुदै छ, केही दिनमा अछाम फिर्ता आउने वताए । सेनाले पटक पटक जग्गाका लागि राजनितिक दल नेताहरु सँग आग्रह गर्दै आएको थियो, जग्गा ब्यबस्थापन नभएपछि बाध्य भएर फिर्ता हुन लागेको हो । बाजुराका प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्याउपानेले भने आफुलाई यो बारे खासै जानकारी नभएको वताएका छन् ।
पहिले बस्दै आएको ब्यारेक क्षेत्र प्राकृतिक रुपमा सुरक्षित नरहेको भन्दै नेपाली सेनाको प्राविधिक टोलीले नवस्न भने पछि बैकल्पीक ब्यवस्था नहुदा सम्म भन्दै विगत ३ बर्षदेखि बुढीनन्दा क्याम्पसको भवनमा भवानी वक्स गण ‘क’ बस्दै आएको थियो । नेपाली सेनालाई बस्नका लागि जग्गा उपलब्ध गराउन नसक्दा फिर्ता हुन लागेको हो । नेपाली सेनाको ब्यारेक बनाउनका लागि कतै जग्गा उपलब्ध हुन नसक्दा अव लामो समय देखि बिद्यालयको भवनमा वस्न नसक्ने भन्दै हेडक्वाटरले फिर्ता बोलाएको भवानी बक्स गण कोल्टीका मेजर हरिराम कुमार श्रेष्ठले वताए । क्याम्पस प्रशासनले भने सुरक्षाका दृष्टिले सेना बस्नु पर्ने भन्दै क्याम्पसको अध्ययन अध्यापनलाई बैकल्पीक ब्यवस्था गरेर सेनालाई वस्न दिएको जनाएको छ । नेपाली सेनाले विगत द्वन्द्व कालमा विमानस्थल लगायतका सरकारी संरचनाको सुरक्षाका लागि भन्दै बाजुराको कोल्टीमा ब्यारेक बनाएर बसेको थियो ।
२०७१ सालमा सेनाको ब्यारेक नजिकै बाढी पहिरो गएर धन जनको क्षेति भए पछि नेपाली सेनाको प्राविधिक टोलीले सेना बसीरहेको गुम्वा क्षेत्रको ब्यारेकमा नवस्न भने पछि हाल बुढीनन्दा क्याम्पसको भवनमा बस्दै आएको थियो । नेपाली सेनालाई वस्नका लागि स्थानिय तहले ठाउँ नखोजेको भन्दै स्थानियले चर्को विरोध गरेका छन । दैवि प्रकोप लगायतका घटना तथा एयरपोर्ट पनि भएकाले भिआइपीहरुको सुरक्षार्थ समेत सहजता हुने भए पनि नेपाली सेनालाई वस्ने वातावरण नबनाएको स्थानिय काशीराम विष्टले वताए । यता बुढीनन्दा नगरपालिकाका प्रवक्ता कृष्णराज पाध्याले नेपाली सेनाको ब्यारेकका लागि विभिन्न ठाउँमा जग्गाको खोजी गरे पनि कतै रेट नमिलेको र कतै वस्न योग्य ठाउँ नहुदा उनीहरु जान लागेको वताए । जग्गा खरिदका लागि पटक पटक कुरा गर्दा पनि स्थानियवासी दररेटमा सहमत नभएको बताइएको छ । प्रवक्ता पाध्याले नगर कार्यपालिकाको बैठकले प्रति वर्ग मिटर १ हजार रुपैया दिने भनेर निर्णय गरे पनि स्थानियले नमानेको वताए । बाजुरामा आएको नेपाली सेनाको ब्यारेक फिर्ता हुनुले बाजुरा राजनितिक शक्क्तीले कमजोर भएको स्थानियको आरोप रहेको छ ।