बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा लोकसभा निर्वाचनः कहाँ कति मत खस्यो ? (मत प्रतिशतसहित )

भारतमा लोकसभा निर्वाचनः कहाँ कति मत खस्यो ? (मत प्रतिशतसहित )

  • शुक्रबार, चैत्र २९, २०७५
भारतमा लोकसभा निर्वाचनः कहाँ कति मत खस्यो ? (मत प्रतिशतसहित )

एजेन्सी– भारतीय लोकसभा निर्वाचन अन्र्तगत पहिलो चरणको मतदान सम्पन्न भएको छ । बिहीबारदेखि सुरु भएको उक्त निर्वाचनमा पहिलो चरण अन्तर्गत ९१ सिटका लागि भएको मतदान प्रक्रिया साँझ ५ बजे समाप्त भएको हो । पहिलो चरणको मतदान १८ राज्य र दुई केन्द्र शासित प्रदेशमा सम्पन्न भएको हो ।  मतदान प्रक्रियामा झरेको केही स्थानको मत प्रतिशत समेत सार्वजनिक भएको छ  । भारतीय निर्वाचन आयोगको प्रारम्भिक रिपोर्टअनुसार बिहारमा ५०.२६ प्रतिशत, पश्चिम बंगालमा ८१ प्रतिशत, उत्तर प्रदेशमा ६४ प्रतिशत, उत्तराखण्डमा ५७ प्रतिशत, ओडिसामा ६६ प्रतिशत, तेलंगनामा ६०.५७ प्रतिशत मत झरेको छ । त्यस्तै जम्मु काश्मिरमा ५४ प्रतिशत, सिक्किममा ६९ प्रतिशत, मणिपुरमा ७८.२० प्रतिशत, मिजोरममा ६० प्रतिशत, नागाल्याण्डमा ७८ प्रतिशत मत झरेको छ । त्यसैगरी असममा ६८ प्रतिशत, मेघालयमा ६२ प्रतिशत, छतिसगढमा ५६ प्रतिशत, त्रिपुरामा ८१ प्रतिशत मत, अन्डोबार निकोबारमा ७६ प्रतिशत झरेको जनाइएको छ ।

पश्चिम बंगालमा झडप
मतदानका क्रममा पश्चिम बंगालको कूच बिहारमा झडप भएको जनाइएको छ । सो झडपमा राज्यको सत्तारुढ दल टीएमसीका कार्यकर्ताहरुको हात रहेको भाजपाले आरोप लगाएको छ । यद्यपि, सो आरोपको टिएमसीले खण्डन गरेको छ ।

आन्ध्र प्रदेशमा भएको झडपमा १ जनाको मृत्यु

आन्ध्र प्रदेशको अनन्तपुर जिल्लामा पार्टी कार्यकर्ताहरुबीच झडप हुँदा १ जनाको मृत्यु भएको हो ।  राज्य सरकारको नेतृत्व गरिरहेको पार्टी तेलुगु देशम र वाइएसएर काँग्रेसका समर्थकबीच झडप भएको जनाइएको छ । यो झडपमा अन्य ४ जना घाइते भएको जनाइएको छ । आन्ध्र प्रदेशमा २५ सिटका लागि मतदान भएको थियो ।

त्यस्तै उत्तर प्रदेशमा मुजप्फरनगरमा बसपा कार्यकर्ताले मतदान कार्यक्रम रोक्ने कोसिस गरेको अरोप स्थानीय प्रशासनले लगाएको छ । उता, महाराष्ट्रको गढचिरौली जिल्लाको एटापल्लीको एक मतदान केन्द्र नजिकै विष्फोट गराएको जनाइएको छ ।

सो घटना लगत्तै केहीबेर मतदान प्रक्रिया रोकिएको र साँझ मतदान अधिकारीहरुले मतदान प्रक्रिया सुचारु गरेका थिए । निर्वाचन आयोगकाअनुसार मतदानका क्रममा आन्ध्र प्रदेशमा ६, अरुणाञ्चलमा ६, मणिपुरमा २, बिहार र पश्चिम बंगालमा १, १ घटना घटेका छन् । छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रहेको आयोगले जनाएको छ । सात चरणमा हुने आम निर्वाचनको पहिलो चरण सकिएको छ । बाँकी राज्य र जिल्लाहरुमा आगामी मे २३ सम्म निर्वाचन हुँदैछ ।      राताेपाटी बाट

 

चर्चामा

सम्बन्धित समाचार