• होमपेज
  • बाजुरा बिशेष
  • कर्णाली करीडोरमा क्षमता भन्दा बढि यात्रु बोक्दै

कर्णाली करीडोरमा क्षमता भन्दा बढि यात्रु बोक्दै

  • सोमवार, चैत्र २५, २०७५
कर्णाली करीडोरमा क्षमता भन्दा बढि यात्रु बोक्दै

प्रकाश सिंह
बाजुरा, २५ चैत
बाजुरा खण्डको कर्णाली करीडोरमा जिवहरुले क्षमता भन्दा बढि यात्रु बोक्ने गरेका छन् । एकातिर कच्चि बाटो अर्को तिर क्षमता भन्दा बढि जिबहरुले बोक्ने गरेको स्थानियले वताएका छन् । जिपको भित्र मात्र नभइ छत र ढोकामा समेत झुण्डिएर यात्रा गर्ने भएपछि जोखिमपुर्ण यात्रा गर्नु परेको स्थानिय मनलाल विकले वताएका छन् ।
नेपाली सेनाले निर्माण गरीरहेको बाजुरा खण्डमा स्थानियको सहजताको लागि जिवहरु सञ्चालनमा ल्याईएको थियो । चैत ७ गते यातायात बिधिबत उदघाटन पछि सधै जसो जिवहरुले क्षमता भन्दा बढि यात्रुहरु बोक्ने गरेको छन् । बाजुराको सदरमुकाम मार्तडीबाट अलि टाढा रहेको यो ठाँउमा प्रहरी प्रशासनको ध्यान समेत नजाँदा मनोमानी रुपमा क्षमता भन्दा बढि यात्रु बोक्ने गरेको स्थानिय धना रोकायाले वताईन् ।


जिपहरुको सिट पाँस ५ र कसैको ९ जना हुन्छ, तर छत पछाडी र ढोकामा झण्डिएर बोक्ने गरेको पाईएको छ । ५ सिट पाँस भएको जिबले २० जना भन्दा बढि बोक्ने गरेका छन् । जिप चालकले भने यात्रुहरु नमान्ने भएकाले जर्वरजस्त हाल्ने गरेको वताँउछन् । बाजुरा खण्डमा रहेको कर्णाली करीडोर अधिकांश सड्कखण्ड भिर फोरेर निर्माण गरेको छ । अहिले पनि सेनाले काम गर्दै रहेको छ ।
उदघाटनका बेला ६ वटा बाजुरा र ६ वटा कालिकोट जिबहरु सञ्चालनमा ल्याउने प्रशासनले निर्णय गरेको थियो । तर अहिले सम्म उक्क्त सड्कमा जथाभाबी र मनोमानी रुपमा यातायात सञ्चालन भइरहेका छन् । प्रमुख जिल्ला अधिकारी चेतराज बरालले क्षमता भन्दा बढि यात्रु बोकेको भए प्रहरीलाई खबर गरेर नियन्त्रण गर्न लगाउने वताएका छन् ।
कर्णाली करीडोर अन्तर्गत बाजुरा खण्ड कालिकोट र बाजुरा सिमाना लैफू देखी बाजुराको लेब्डी सम्म ३१ किलोमिटर सड्क रहेको छ । त्यस्तै बाजुराको कोल्टि बाट लैफु र लेब्डी सम्म जिवहरु सञ्चालन हरु रहेका छन् । कर्णाली करीडोरको तिथि चौर क्याम्पका उप सेनानी शंकर सिलवाले भने स्थानिय तह, स्थानिय र राजनितिक दलको आग्रहपछि यातायात सञ्चालनमा ल्याइएको वताए । गाडि सञ्चालन र ब्यबस्थापन गर्ने जिम्मा प्रशासन प्रहरी रहेको उनले वताए ।


नेपाली सेनाले जिम्मा लिएको कर्णाली करीडोर कालिकोटको लालु देखी हुम्लाको सरिसल्ला सम्म १ सय ४५ किलोमिटर रहेको छ । कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाकि हुम्ला जिल्लामा रहेको छ । सेनाले यो सड्कको जिम्मा २०७१ चैत बाट शुरु गरेको थियो । अहिले सम्म १ सय ७ किलोमिटरमा भइरहेको काम मध्ये ७२ किलोमिटरमा यातायात सञ्चालनमा आएको उप सेनानी शंकर सिलवाले वताएका छन् । बाजुरा र हुम्लाको बिचमा रहेको कवाडी नदिमा पुल बनाउने काम भइरहेको त्यो पुल सम्पन्न हुनै बितिकै सड्क यातायातले हुम्ला छुने सेनाले रहेको छ । यातायातले नछुएको जिल्ला नेपालमा हुम्ला मात्र रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार