• होमपेज
  • बाजुरा बिशेष
  • मृगौला पिडित खड्काको उपचारका लागि आर्थिक सकलन गरिदै

मृगौला पिडित खड्काको उपचारका लागि आर्थिक सकलन गरिदै

  • शुक्रबार, चैत्र २२, २०७५
मृगौला पिडित खड्काको उपचारका लागि आर्थिक सकलन गरिदै

मदन वि.क.
बाजुरा २२ चैत्र
अछामको साँफेबगर नगरपालिका वडा नं १० घुघुरकोटका मृगौला पिडित उद्वव खड्का उपचारको लागि बाजुरामा पनि आर्थिक संकलन गर्न थालिएको छ ।
दुईवटै मृगौला फेल भई उपचारका मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुुरमा जीवनमरणको दोसाँधमा उपचारको क्रममा भएकाले उहाँको उपचार खर्चका संकलनका लागि शुक्रबारबाट बाजुरा जिल्लामा रहेका सरकारी तथा गैरसकारी, कार्यालय र व्यक्तीगत रुपमा आर्थिक संकलन गर्न थालिएको हो ।
मृगौला पिडित खड्काका लागि लाग्ने खर्च महगो हुने भएकाले उहाँको परिवारको आर्थिक अवस्था अतिनै कमजोर भएकाले बाजुरामा पनि मृगौला पिडित खड्काका लागि आर्थिक रकम संकलन गर्न थालिएको नेकपा बाजुराले जनाएको छ ।
मृगौैला पिडित खड्काका लागि शुक्रबार आधिकारीक टे«ड युनियन बाजुरा शाखाका अध्यक्ष तथा कोलेनिका बाजुराका लेखापाल धनबहादुुर थापाले २३ हजार पाँचसय रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । त्यस्तै पिडित खड्काको उपचारका लागि भेटेरिनरी अस्पताल बाजुराका डाक्टर शंकर पाण्डेले रु पाँच हजार र डिभिजन बन कार्याललय बाजुरामा कार्यरत कर्मचारीहरुबाट २ हजार ५ र अन्य सहयोगी निकायहरुबाट खड्काको उपचारका लागि शुक्रबार पहिलो दिन मात्र ३९ हजार ५ सय आर्थिक सहयोग रकम संकलन गरिएको आर्थिक संकलनमा रहेका दिपक भारतीले जानकारी दिए ।
मृगौला पिडित खड्का मालिका माध्यामिक विद्यालय मार्तडी, बाजुरामा प्रारम्भिक अध्ययनसँगै तत्कालीन नेकपा एमालेको बिध्यार्थी संगठन अनेरास्ववियु र पार्टीको सक्रिय राजनीतिमा जुझारु, संघर्षशिल रहेका थिए ।
मृगौला पिडित खड्काको उपचारका लागि उपचार खर्च महंगो पर्ने र उहाँका परिवारको आर्थिक अवस्था निकै कमजोर भएकोले सम्पूर्ण देश विदेशमा रहनु हुने साथी, भाई आफन्त लगायत मनकारी मनहरुले पिडित खड्काको जीवन रक्षाको लागि राष्ट्रिय बाणिज्य बैक न्यूरोड काठमाण्डौ, शाखाको रहेको मृगौला पिडित उद्धब खड्काको खाता नं १०९००५०८४८१० मा आफ्नो गक्ष्य अनुसार सहयोग गर्न नेकपा बाजुराले अनुरोध गरको छ ।

चर्चामा

सम्बन्धित समाचार