• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • विद्यालय तहमै आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी पठनपाठन हुने

विद्यालय तहमै आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी पठनपाठन हुने

  • सोमवार, चैत्र १८, २०७५
विद्यालय तहमै आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी पठनपाठन हुने

काठमाडौं— सरकारले आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, जडिबुटीसम्बन्धी विद्यालयस्तरमा अध्यापन सुरु गर्ने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयस्तरमा यी विषय अध्यापनका लागि पाठ्यक्रम निर्माण गर्न प्रक्रिया अघि बढाएको छ।

शिक्षामा मन्त्रालयमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभीटी)ले आइतबार आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, जडिबुटीसम्बन्धी कार्यक्रम सञ्चालनको सम्भावना, अवसर र चुनौतिबारे अन्र्तक्रिया आयोजना गरेको थियो।

कार्यक्रममा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले आगामी शैक्षिक सत्रबाट यी विषयमा पठनपाठन गराउने गरी पाठ्क्रम निर्माण गरिने बताए।

उनले भने, ‘अहिले विश्वविद्यालयस्तरी अध्ययन हुदैँ आएको छ, अब विद्यालय र विश्वविद्यालय शिक्षा जोड्ने गरी पठनपाठन हुनेछ।’

उनले हरेक प्रदेशमा कम्तीमा एक सामुदायिक विद्यालय छनौट गरी कार्यक्रम सञ्चालन गर्ने र बिस्तारै बिस्तार गर्ने योजना रहेको जानकारी दिए।

आगामी योग दिवसको अवसर पारेर कार्यक्रम सुरु गर्ने नीतिगत निर्णय भइसकेको शिक्षा मन्त्रालयले जनाएको छ।

सिटीइभीटीका सदस्य सचिव डा पुष्परमण वाग्लेले आधुनिक चिकित्सासँगै मौलिक चिकित्सा महत्वपूर्ण भएकोले विद्यालयस्तरबाटै यसलाई पाठ्यक्रममा राख्न लागिएको बताए।

अन्र्तक्रियामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रका प्राध्यापक, चिकित्सक, वनस्पति विभाग, कृषि मन्त्रालय,योग गुरुलगायतको उपस्थिती थियो।

चर्चामा

सम्बन्धित समाचार