शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • रेडियो बाजुराको ११ औ वार्षिकोत्सब गौमुलमा

रेडियो बाजुराको ११ औ वार्षिकोत्सब गौमुलमा

  • आइतवार, चैत्र ३, २०७५
रेडियो बाजुराको ११ औ वार्षिकोत्सब गौमुलमा

बडीमालिका खवर
बाजुरा ३ चैत्र
जिल्लाको पहिलो सामुदायिक रेडियो रेडियो बाजुराले यस वर्षको ११ औँ वार्षिक उत्सव सदरमुकाम मार्तडी भन्दा बाहिर मनाएको छ ।
बार्षिक उत्सवको अवसर पारेर जिल्लाको गौमुल गाउँपालिकाको घटमुनामा ११ औं वार्षिक उत्सव मनाएको हो ।
वि.स. २०६४ साल चैत्र ३ गतेबाट प्रशारण सुरु गरेको रेडियो बाजुराले १२ औं स्थापना दिवस तथा ११ औं बार्षिक उत्सव समारोह गौमुल गाउँपालिकामा भव्य रुपमा मनाएको छ ।


रेडियो स्थापना दिवसको अवसर पारी विकासमा सामुदायिक रेडियोको भूमिका विषयक गौमुल गाउँपालिकामा अन्र्तक्रिया कार्यक्रम आयोजना गरेकोे छ ।  गौमुल गाउँपालिकासँगको सहकार्यमा पहिलो पटक जिल्ला सदरमुकाम मार्तडी बाहिर गएर कार्यक्रम गरेको रेडियो बाजुराका स्टेशन प्रबन्धक कृष्ण ओलीले बताएका छन् ।
यस अघि वार्षिक उत्सवको अवसरमा हाजिरी जवाफ, बक्तृत्व, निबन्ध र देउडा गीत जस्ता कार्यक्रम विद्यालय तथा समुदाय स्तरमा सञ्चालन गरिए पनि औपचारिक रुपमै अन्तरक्रिया कार्यक्रम पहिलो पटक गरेको म्यानेजर ओलीले बताएका छन् ।
देश संघिय संरचनामा रहेकोले त्यसको कार्यान्वन जनप्रतिनिधी र समुदायसँगको सहकार्य वृद्धीका लागि गौमुल गाउँपालिकामा रेडियोको ११ वार्षिककोत्सवको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने सञ्चालक समितिले यस अघि निर्णय समेत गरेको थियो ।
रेडियोले आफ्नो ११ औ वार्षिक उत्सवको अवसरमा गौमुल गाउँपालिका भित्र रहेका सरोकारवाला निकाय, स्थानीय सरकारका प्रतिनिधि, लक्षित श्रोता, साझेदार निकायसँग अन्तरक्रिया कार्यक्रम मार्फत दिनभर स्थानीयहरुको प्रतिक्रिया लिएको थियो ।
सूचना, सुशासन र समुन्नतीका लागि रेडियो बाजुरा भन्ने मुल सन्देशका साथ सञ्चालित रेडियो बाजुराले हाल १८ घण्टा आफ्नो प्रशारण दिईरहेको बताएको छ ।


जिल्लामा सञ्चालित चार वटा सामुदायिक रेडियो मध्ये जिल्लामा पहिलो स्थापना भएको रेडियो बाजुराले समुदायको साथी, सूचना, सुशासन र समुन्नतीको सारथीको भूमिकामा प्रस्तुत भईरहेको छ । सकारात्मक विकास र समुदायका दैनिक जीवनसँग जोडिएका विषय, सवाल र सन्दर्भलाई पैरवी र बहस गर्नु पहिलो जिम्मेवारीका साथ सामाग्रीहरु प्रशारण गरिरहेको छ । ५ सय मेघावाट क्षमताको रेडियो बाजुरा बाजुरा सहीत अछाम, बझाङ्ग, डोटी, मुगु र कालिकोट आफ्नो प्रशारण प्रभाव बढाएको छ भने अनलाईन र इन्टरनेट मार्फत विश्वव्यापी रुपमा सहज सुन्न सकिने अवस्थामा आईपुगेको छ ।
गौमुल गाउँपालिकामा गरिएको अन्तरक्रृया औपचारीक कार्यक्रम गरि मनाएको थियो । रेडीयो बाजुरा संचालक समितिका अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथिमा गौमुल गाउँपालिका अध्यक्ष हरी रोकाया रहेका थिए । कार्यक्रमको बिषिष्ठ अतिथिमा सोही गाउँपालिका उपाध्यक्ष सिता थापा रहेकी थिईन भने कार्यक्रमको संचालन रेडीयो बाजुराका स्टेशन म्यानेजर कृष्ण ओलीले गरेका थिए । कार्यक्रममा बोल्ने श्रोता तथा बक्ताले रेडीयो बाजुराले गरेको कार्य राम्रो रहेको र अझै यसलाई निरन्तरता दिन सुझाव दिएका छन । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी, उद्योग बाणिज्य संघका उपाध्यक्ष धर्म रोकाया नेपाल पत्रकार महासघं बाजुरा शाखाका सदस्य लक्ष्मीराज पाध्याय लगायत स्थानियको सहभागीता रहेको थियो ।


दैनिक १८ घण्टा नियमित सञ्चालन भईरहेको रेडियो बाजुराले ८ बुलेटिन आफ्नै उत्पादनको समाचार र ७० प्रतिशत स्थानीय स्तरमै उत्पादन गरिएका सामाग्री प्रशारण गरिरहेको छ । ती मध्ये ४० प्रतिशत सन्देश र शिक्षा मुलक, ३० प्रतिशत सूचना मुलक र ३० प्रतिशत मनोरञ्जनात्मक मुलक कार्यक्रम प्रशारण हुने गरेका छन् । बाल अधिकार र विकास, नारी आवाज, शैक्षिक दियालो सहीतका कार्यक्रम स्थापना कालदेखि नै उत्पादन प्रशारण गर्दै आएको छ भने सामुदायिक रेडियो प्रशारक संघ अकोराब, विबिसी मिडिया एक्सन, इक्वल एक्सेस, एन्टेना फाउन्डेशन नेपाल, सहीतका केन्द्रीय सञ्चार गृहसँगको पनि सहकार्य गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार